default_image

2 years ago

July 18, 2022

अध्यक्ष नेम्बाङको अस्वस्थ, एन्फा बैठक स्थगित

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आज बस्ने भनिएको कार्यसमितिको बैठक स्थगित हुने भएको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थताका कारण अस्पतालमा रहँदा बैठक स्थगित भएको हो ।

एन्फाका महसचिव किरण राईका अनुसार अत्यधिक रक्तचापका कारण नेम्बाङलाई ललितपुरको मेडिसिटी अस्पताल पुर्याइएको छ । प्रारम्भिक परिक्षणपछि उनको रक्तचाप बढेको र ६ घण्टापछि थप परिक्षण गर्नुपर्ने हुनाले उनलाई हाल अस्पताल राख्नुपर्ने भएको छ । महासचिव राईले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गर्नुपरेको जानकारी दिए ।

असार ६ गते निवार्चित कार्यसमितिको पहिलो बैठक असार ९ गते बसेको थियो । उक्त बैठकले महासचिव, कोषाध्यक्ष र विदेश विभाग प्रमुखको नियुक्ती गरेको थियो । आजको बैठकले थप केहि नियुक्ती गर्ने बुझिएको थियो । बैठकमा विविध बाहेक १७ वटा एजेण्डा राखिएको छ ।

महासचिव किरण राईले असार २४ गते विविधसहित १२ बुँदे एजेण्डा पदाधिकारी र सदस्यहरुलाई इमेलमार्फत पठाएका थिए । पछि उपाध्यक्षद्वय दीपक खतिवडा एउटा र दीर्घबहादुर (कुमार) केसीले ५ वटा एजेण्डा थप गर्न माग गरेपछि एन्फा नेम्बाङ त्यसलाई बैठकमा प्रस्तुत गर्न तयार भएका थिए ।

यो पनि :

एन्फा सिइओ नियुक्तीको प्रस्ताव पेचिलो बन्ने सम्भावना !

गौरवलाई सिइओ नभई सहायक महासचिवमा प्रस्ताव गर्ने सम्भावना !

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

May 12, 2024

रियल म्याड्रिडको फराकिलो जित

एजेन्सी – लालिगाको उपाधि जित्ने पक्का भइसकेपछि पहिलो पटक मैदानमा उत्रिएको रियल म्याड्रिडले ग्रानाडा विरुद्ध फराकिलो जित दर्ता गरेको छ । रेलिगेशनमा परेको पक्का भइसकेको ग्रानाडा विरुद्ध रियलले ४-० को जित निकालेको हो । बायर्न म्युनिखलाई पराजित गरेको सुरुवाती ११ बाट १० परिवर्तन गरेको रियललाई फ्रान गार्सियाले ३८औं मिनेटमा आग्रह दिलाए । सो अग्रता आर्डा […]

May 11, 2024

लगातार चार हारपछि टोटेनहमको जित

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो । टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए । […]

Success

Thank you for your time.