default_image

2 years ago

July 24, 2022

आर्सनलसँग चेल्सीको लज्जास्पद हार

181 views

0 Bookmark

एजेन्सी – प्रि–सिजनको मैत्रीपूर्ण खेलमा लन्डन क्लब चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सीले आर्सनलसँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।

आर्सनलको सानदार जितमा गाब्रियल जेसस, मार्टिन ओडेगार्ड, बुकायो साका र अल्बर्ट साम्वी लोकंगाले गोल गरे । अमेरिकामा आइतबार बिहान भएको खेलको १५औं मिनेटमा जेससको गोलबाट आर्सनलले अग्रता लिएको थियो ।

उनले वान भर्सेस वानको स्थितिमा गोलरक्षक एडुआर्ड मेन्डीअघि बढेको अवस्थामा चिप प्रहारले पोस्टको दिशा लिएको थियो । ३६औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

६६औं मिनेटमा बुकायो साकाले गोल गरेपछि आर्सनल सहज जिततर्फ अग्रसर भयो । त्यसपछि सब्सिच्युट अल्बर्ट साम्वी लोकंगाले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै चेल्सीलाई फराकिलो हार चखाए । अल्बर्ट साम्वी लोकंगा ७८औं मिनेटमा ग्रानिट झाँकाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रि–सिजनको आर्सनलको यो लगातार चौथो जित हो । यसअघि आर्सनलले नर्नवर्ग, एभर्टन र ओर्लान्डो सिटीलाई पराजित गरेको थियो । प्रि–सिजनमा पहिलो हार बेहोरेको चेल्सीले यसअघि क्लब अमेरिकालाई हराउँदा चार्लाेटसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.