default_image

2 years ago

July 27, 2022

सानदार जित निकाल्दै इंग्ल्यान्ड फाइनलमा

145 views

0 Bookmark

एजेन्सी – स्वीडेनमाथि सानदार जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई ४–० ले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

ब्रमाल लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डको फाइनल यात्रामा बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले गोल गरिन् । पहिलो हाफमा १–० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

एकपक्षीय बनेको खेलमा इंग्ल्यान्डले सुरुवाती गोलको लागि ३४औं मिनेटसम्म कुर्नुपरेको थियो । शीर्ष गोलकर्ताको दौडमा रहेकी बथ मिडले लुसी ब्रन्जको पासमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । उनले यस युरोमा ६ गोल गरिसकेकी छिन् ।

इंग्ल्यान्डको दोस्रो हाफको शुरुमै अग्रता दोब्बर पार्न सफल भयो । ४८औं मिनेटमा लुसी ब्रन्जले बथ मिडको पासमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् । ६८औं मिनेटमा एलेसिया रुसोले गोल गरेपछि इंग्ल्यान्ड सहज जिततर्फ अग्रसर बन्यो । ७६औं मिनेटमा फ्रान किर्विले बथ मिडकै पासमा गोल गर्दै इंग्ल्यान्डलाई फराकिलो जितसहित फाइनलमा पु¥याइन् ।

महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो । तर, इंग्ल्यान्ड पहिलो संस्करणमा स्वीडेनसँग टाइब्रेकरमा ४–३ ले तथा २००९ मा जर्मनीसँग ६–२ ले पराजित हुँदै उपाधि विमुख बनेको थियो ।

अब इंग्ल्यान्डको उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग साउन १५ मा प्रतिस्पर्धा गर्नेछ । यि दुई टोलीले आज राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.