default_image

2 years ago

August 11, 2022

‘युनाइटेडले बोलाए सित्तैमा खेल्छु’

101 views

0 Bookmark

एजेन्सी – ट्रान्सफर बजारमा म्यानचेस्टर युनाइटेड अहिले फरवार्डको खोजीमा छ । यसक्रममा फरवार्ड जाभिएर हर्नान्डेजले आफ्नो पूर्व क्लबले बोलाएको खण्डमा सित्तैमा खेल्न तयार रहेको बताएका छन् ।

युनाइटेडले सिजनको पहिलो खेल नै हारेपछि क्लबमा थप दबाब परेको छ । घरेलु मैदानमा ब्राइटनले हराएपछि क्लबका नयाँ प्रशिक्षक एरिक टेन हागले पनि आलोचनाको सामना गर्नुपर्यो । उनले अनुभवी फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय लिएपछि समर्थकहरुले पनि प्रश्न उठाएका थिए । क्लबका अर्का फरवार्ड एन्थोनी मार्सियल घाइते भएका कारण खेलमा थिएनन् ।

रोनाल्डोसँग रियल म्याड्रिडमा सँगै खेलेका हर्नान्डेज हाल अमेरिकाको मेजर लिग सकरमा एलए ग्यालेक्सीका लागि खेलिरहेका छन् । उनले एक समय रियल म्याड्रिडबाट पनि लोनमा खेलेका थिए । त्यसबेला हर्नान्डेजले रोनाल्डो र ग्यारेथ बेलसँग आक्रमणको जिम्मेवारी पनि सम्हालेका थिए ।

हाल ३४ वर्ष पुगिसकेका फरवार्ड हर्नान्डेजले पछिल्लो पटक सेभियाका लागि युरोपमा खेलेका थिए । त्यसबेला खासै अवसर नपाएका उनले ९ खेलमा १ गोल गरेका थिए । सन् २०१० मा म्यानचेस्टर युनाइटेड पुगेका हर्नान्डेजले क्लबका लागि ३० गोल गरेका थिए ।

रोनाल्डोको भविष्यबारे क्लब अझै पनि प्रष्ट हुन सकेको छैन । प्रशिक्षक टेन हागले बारम्बार रोनाल्डो आफ्नो योजनामा रहेको बताएका छन् । तर रोनाल्डो आफैं पनि च्याम्पियन्स लिग फुटबलको खोजीमा रहँदा प्रि-सिजनमा उपस्थित रहेनन् । ढिलो गरि प्रि सिजनमा आएका रोनाल्डोले रायो भालेकानोविरुद्ध मैत्रीपूर्ण खेलको पहिलो हाफ मात्र खेलेका थिए ।

यसै स्थितिलाई मध्यनजर गर्दै हर्नान्डेजले आफू क्लबले बोलाए सित्तैमा खेल्न तयार रहेको बताएका हुन् । उनले भने, ‘मेरो उमेरमा यदि युनाइटेडले बोलाउँछ भने पक्कै हुन्छ भन्नेछु । म सित्तैमा खेल्न तयार छु,’ उनले भने ।

‘म अवसर आए पक्कै त्यो स्वीकार्छु । तर मैले एलए ग्यालेक्सीलाई पनि सम्मान गर्नुपर्छ । मेरो सोच अहिले पनि एलएसँग उपाधि जित्ने नै छ,’ उनले भने ।

June 2, 2024

रियल म्याड्रिडलाई १५ औं च्याम्पियन्स लिग उपाधि

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । लन्डन स्थित वेम्ब्ली स्टेडियममा शनिबार भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमुण्डलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो । च्याम्पियन्स लिगमा रियल सर्वाधिक सफल टोली हो । रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो । रियललाई जित दिलाउन ड्यानी कार्भाजाल […]

June 1, 2024

च्याम्पियन्स लिग फाइनल आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग उपाधि भिडन्त आज राती हुँदै छ । लन्डन स्थित वेम्ब्ली स्टेडियममा आज राती १२:४५ बजे जर्मन टोली बोरुसिया डर्टमुण्डले स्पेनिश टोली रियल म्याड्रिड विरुद्ध खेल्नेछ । रियलले कीर्तिमानी १४ पटक उपाधि जितेकाे छ। सबैभन्दा धेरै उपाधिको तालिकामा एसी मिलान ७ उपाधि सहित दोस्रो स्थानमा छ । आज जित निकाल्न सके […]

June 1, 2024

अल हिलाल किङ्स कप च्याम्पियन

एजेन्सी – तनावपूर्ण बनेको खेलमा अल नासरलाई पराजित गर्दै साउदी प्राे लिग च्याम्पियन अल हिलाल किङ्स कपको च्याम्पियन बनेको छ । ९ खेलाडीमा समेटिएको अल हिलालले १० खेलाडीमा समेटिएको अल नासरलाई सडन डेथमा ५–४ ले पराजित गर्दै किङ्स कपको च्याम्पियन बन्न सफल भएको हो । निर्धारित समयमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा थप गोल […]

Success

Thank you for your time.