default_image

2 years ago

August 17, 2022

साफले एक साता भारतको बाटो हेर्ने

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले फिफाबाट निलम्बित भारतको क्षेत्रीय प्रतियोगितामा सहभागिताबारे निर्णय गर्न लागि एक साता बाटो हेर्ने भएको छ ।

फिफाले मंगलबार विज्ञप्ति जारी गर्दै भारतको फुटबल संघ एआइएफएफलाई निलम्बन गरेको थियो । तेस्रो पक्षबाट हस्तक्षेप भएको भन्दै फिफाले उक्त कदम चालेको थियो । फिफाको उक्त निर्णयसँगै भारतले अन्तर्राष्ट्रिय खेल तथा प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएको थियो । तर साफले बुधबार बसेको बैठकबाट अर्को सातासम्म भारतको बाटो हेर्ने निर्णय लिएको छ ।

बुधबार बसेको भर्चुअल बैठकबाट भारतको सहभागिता नभएको खण्डमा आउने महिना हुने दुई प्रतियोगिताबारे पनि निर्णय भएको छ । यदि २३ अगष्टसम्म फिफाको निर्णय परिवर्तन नभए साफले अर्को महिना नेपालमा हुने साफ महिला च्याम्पियनसिपमा ६ टोलीसहित प्रतियोगिता गर्नेछ । पुरानै समूह विभाजनबाट प्रतियोगिता अघि बढ्नेछ ।

भदौ २१ देखि असोज ३ गते सम्म दशरथ रंगशालामा हुने साफ च्याम्पिनसिपका लागि साफले यसअघि नै समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको थियो । च्याम्पियनसिपको छैटौं संस्करणमा आयोजक नेपालसँगै श्रीलंका र भुटान छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित्दै आएको छ । भारत बाहिरिए समूह ए मा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहने छन् ।

भारत च्याम्पियनसिपको साविक विजेता हो । पहिलाको भन्दा अब च्याम्पियनसिपमा ३ खेल कम गरि ९ खेल मात्र हुनेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यस आधारमा समूह चरणमा ६ खेल तथा २ सेमिफाइनल र फाइनल खेल हुनेछ । साफले अब खेल तालिका भने संशोधन गर्ने सम्भावना रहन्छ ।

कुमार थापाको मुख्य प्रशिक्षणमा नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए भने अहिले ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । पाँचौं संस्करण विराटनगरमा भएको थियो । त्यति बेला नेपाल भारतसँग पराजित भएको थियो ।

श्रीलंकामा हुने साफ यू-१७ प्रतियोगिताको हकमा भने प्रतियोगिताको प्रारूप परिवर्तन हुनेछ । यसअघि ६ टोलीलाई ३ समूहमा विभाजन गरिएकोमा अब भने राउन्ड रोबिन लिग हुने सम्भावना छ । साफले यसबारे भने विस्तृत खुलाएको छैन ।

साफले सन् २०२३ का लागि पनि आफ्नो प्रतियोगिता तालिका सार्वजनिक गरेको छ ।

१. साफ यू२० महिला च्याम्पियनसिप (२०२३ फेब्रुअरी ३-१३)

२. साफ यू-१७ महिला च्याम्पियनसिप (२०२३ मार्च १०-२०)

३. साफ यू-१९ च्याम्पियनसिप ((२०२३ जुलाई-अगष्ट)

४. साफ यू-१६ च्याम्पियनसिप (२०२३ सेप्टेम्बर-अक्टोबर)

भारत किन निलम्बनमा पर्यो ?

बाहिरी शक्ति हावी भएको उल्लेख गर्दै फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई निलम्बन गरेको हो । फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि भारतमा विधान विपरित काम हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले निलम्बन गरेको हो ।

फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने पाउने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् । भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू–१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ । फिफाका अनुसार अब एआइएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र निलम्बन फुकुवाको प्रक्रिया सुरु हुनेछ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.