default_image

2 years ago

August 29, 2022

एन्टोनी भित्र्याउन आयाक्स र युनाइटेडबीच सहमति

323 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन विंगर एन्टोनी माथिअसलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र डच क्लब आयाक्सबीच सहमति भएको छ । युनाइटेडले ८० मिलियन पाउण्ड खर्चेर एन्टोनी अनुबन्ध गर्न लागेको हो ।

लामो समयदेखि युनाइटेडले एन्टोनी अनुबन्ध गर्ने प्रयास गरेपनि दुई क्लबबीच सहमति हुन सकेको थिएन । एन्टोनी आफैंले पनि युनाइटेड जाने इच्छा जाहेर गरेका थिए । पटक पटकको छलफलपछि दुई क्लबबीच ट्रान्सफर रकममा सहमति भएपछि एन्टोनी युनाइटेड जाने भएका हुन् । युनाइटेडले सुरुवातमा ८०.७५ मिलियन र त्यसपछि प्रदर्शनका आधारमा ४.२५ मिलियन पाउण्ड तिर्नेछ ।

२२ वर्षीय ब्राजिलियन विंगर युनाइटेडले अनुबन्ध गरेको दोस्रो महँगो खेलाडी बनेका छन् । युनाइटेडले यसअघि डिफेन्डर ह्यारी मगाएर अनुबन्ध गर्न पनि ८० मिलियन खर्चेको थियो । मिडफिल्डर पल पोग्बा ८९ मिलियन पाउण्डसहित महँगा खेलाडी रहेका छन् ।

आयाक्सका लागि ८२ खेलमा २५ गोल र २२ असिस्ट प्रदान गरेका एन्टोनी राइट विंगमा खेल्छन् । युनाइटेडमा जेडन सान्चो पनि सोहि पोजिसनमा खेल्दै आएका छन् । सन् २०२१ अक्टोबरमा ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका एन्टोनीले ९ खेलमा २ गोल गरेका छन् ।

युनाइटेडले यस ट्रान्सफर विन्डोमा चार खेलाडी अनुबन्ध गरिसकेको छ । आयाक्सकै डिफेन्डर लिसान्ड्रो मार्टिनेज, फेयनुर्डका टिरेल मालासिया, रियल म्याड्रिडबाट मिडफिल्डर कासेमिरो र फ्री ट्रान्सफरमा क्रिस्टियन एरिक्सन युनाइटेडमा अनुबन्धित भइसकेका छन् ।

July 27, 2024

एन्ड्रिक रियलको खेलाडीका रूपमा सार्वजनिक

एजेन्सी – युवा ब्राजिलियन स्ट्राइकर एन्ड्रिक रियल म्याड्रिडको नयाँ खेलाडीका रूपमा सार्वजनिक भएका छन् । रियलले क्लबको स्टेडियम सान्टियागो बर्नाबेउमा एक समारोहका बीच उनलाई सार्वजनिक गरेको हो । १८ वर्षीय स्ट्राइकर एन्ड्रिक ब्राजिलियन क्लब पाल्मिरासबाट रियल पुगेका हुन् । सम्झौता भएको ५ सय ८४ दिन पछि उनले क्लबसँगको सम्झौतामा हस्ताक्षर गरेका हुन् । रियलले ७० […]

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

Success

Thank you for your time.