3 years ago
August 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नियम तोड्दा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एसियाली फुटबल महासंघ (एएफसी) ले मोटो जरिवाना तिराउने भएको छ । एकै खेलको दुई फरक घटनामा एन्फा कुल ७ हजार अमेरिकी डलर (झन्डै ९ लाख) जरिवानामा परेको हो ।

एएफसीको अनुशासन समितिले १४ जुन २०२२ मा एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत नेपाल र इन्डोनेसियाबीच खेलमा भएको दुई फरक घटनालाई लिएर कारवाही गर्ने निर्णय लिएको हो ।
एएफसीको अनुशासन समितिको बैठकले इन्डोनेसियाविरुद्ध खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी निलम्बनमा रहेपनि खेलअघि टिमको ड्रेसिङ रुममा प्रवेश गरेको र अन्य व्यक्तिको एक्रेडीटेसन कार्ड प्रयोग गरि खेलपछि मैदान प्रवेश गरेको भन्दै एएफसीले ६ हजार अमेरिकी डलर जरिवाना गराएको छ । यसमा एन्फाले १ हजार ५ सय अमेरिकी डलर ९० दिन भित्र तिर्नुपर्ने छ । बाँकी ४ हजार ५ सय डलर भने दुई वर्षका लागि निलम्बन गरिएको छ । यदि दुई वर्षको अन्तरालमा यस्तै घटना दोहोरिए एएफसीले पूरा रकमका साथसाथै नयाँ घटनाको लागि बेग्लै जरिवाना तिराउने उल्लेख गरेको छ ।
निलम्बित अलमुताइरी ड्रेसिङ रुममा भेटिएको उक्त खेलमा नेपाली टोली ढिलो गरि मैदान प्रवेश गर्दा खेल ढिलो सुरु भएपछि थप १ हजार अमेरिकी डलर जरिवाना गरेको हो । एएफसीले उक्त घटनामा हाललाई २ सय ५० अमेरिकी डलर ९० दिनभित्र तिर्न भनेको छ । बाँकी ७ सय ५० डलर भने दुई वर्षका लागि निलम्बन गरिएको छ । यदि दुई वर्षको अन्तरालमा यस्तै घटना दोहोरिए एएफसीले पूरा रकमका साथसाथै नयाँ घटनाको लागि बेग्लै जरिवाना तिराउने उल्लेख गरेको छ ।
दुवै घटनामा एएफसीले एन्फालाई चेतावनी दिँदै घटना दोहोरिए थप कडा कारवाही हुने उल्लेख गरेको छ । प्रशिक्षक अलमुताइरी उक्त खेलका दौरान भने दर्शक दिर्घामा रहेका थिए । पछिल्ला खेलमा पाएको पहेंलो कार्डका कारण उनी निलम्बनमा रहेका थिए । इन्डोनेसियाविरुद्ध डिफेन्डर सुमन अर्यालले रातो कार्ड खाएपछि दुवै दर्शक दीर्घामा सँगै बसेका थिए ।
एएफसीको अनुशासन समितिले नाम नखुलाएपनि एन्फा प्रवक्ता सुरेश शाहले उक्त घटनामा प्रशिक्षक अलमुताइरीको गल्ति भएको पुष्टि गरे । ‘एसियन कप छनोटको समयमा भएको घटना हो । प्रशिक्षक अलमुताइरीको गल्ती भएको थाहा पाएका छौं । जरिवानाबारे एएफसीले पत्राचार गरेको छ । अब तोकिएअनुसार जरिवाना केही समयमा तिर्नेछौं,’ शाहले हाम्रो खेलकुदसँग भने ।
प्रशिक्षक अलमुताइरी पछिल्लो समय भने नेपाली टोलीसँग छैनन् । एन्फाले उनी बिरामी बिदामा रहेको भन्दै कार्यवाहक प्रशिक्षकको रुपमा प्रदिप हुमागाईलाई नियुक्त गरेको छ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा असोज ११ गते बंगलादेशको सामना गर्दैछ ।
यो पनि पढ्नुहोस : प्रशिक्षक हुमागाईको झुट र एन्फाको लाचार निर्णय
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]