default_image

2 years ago

September 1, 2022

यू१७ टोलीको बिदाई, शुक्रबार श्रीलंका जाने

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू१७ च्याम्पियनसिपमा सहभागिता जनाउन श्रीलंका जाने नेपाली युवा टोलीलाई बिदाई गरेको छ ।

टोली शुक्रबार दिउसो १ बजे त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाली युवा टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा, महासचिव किरण राई र सदस्य रविन्द्र चन्द र महेन्द्र क्षेत्रीलगायतले सफलताको शुभकामनासहित बिदाई गरे ।

यू१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बुधबार मात्रै २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । यसअघि प्रशिक्षक श्रेष्ठले गत आइतबार २४ सदस्यीय टोली घोषणा गरेको थियो । त्यसबाट समिर तामाङ बाहिरिएका छन् । यही टोलीले साफ च्याम्पियनसिपपछि सन् २०२३ मा हुने एएफसी यू१७ एसियन कप छनोट खेल्नेछ ।

साफ यू–१७ च्याम्पियनसिप भदौं २० देखि २९ गतेसम्म श्रीलंकामा हुँदैैछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान तथा समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । नेपालले भदौं २२ मा भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसपछि नेपालले समूह चरणको अन्तिम खेलमा भदौं २४ गते भारतसँग खेल्नेछ ।

समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । भदौं २७ गते सेमिफाइनल तथा भदौं २९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका सबै खेलहरु रेसकोर्स इन्टरनेसनल स्टेडियममा हुनेछ ।

नेपाली टोली
गोलकिपर –
कृशल मोक्तान, समिर चन्द र रुबिन बोगटी
डिफेन्डर – अश्विन घोरासैनी, सिमन्त थापा, युनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रितम कार्की र धिरज विश्वकर्मा
मिडफिल्डर – प्रशान्त लक्षम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट र लच्छु थापा
फरवार्ड – निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई र सुवास बम

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.