default_image

3 years ago

September 2, 2022

बार्सिलोनाका औवामियाङ चेल्सीमा अनुबन्धित

204 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले क्याटलान क्लब बार्सिलोनाबाट फरवार्ड पिएरे एमरिक औवामियाङलाई अनुबन्ध गरेको छ ।

चेल्सीले गावोनका फरवार्ड औवामियाङलाई दुई वर्षको लागि १० मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । उनले चेल्सीमा ९ नम्वर जर्सी लगाउनेछन् ।

३३ वर्षीय औवामियाङ एक सिजन पछि नै प्रिमियर लिग क्लबमा फर्किएका हुन् । औवामियाङ गत सिजनको विन्टरमा फ्रि ट्रान्सफरमा सन् २०२५ सम्मका लागि बार्सिलोनामा आबद्ध भएका थिए ।

तर, यो समरमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्की र राफिन्हा भित्र्याएपछि उनी आफ्नो सम्झौता बाँकी छँदै क्लब छाडेर चेल्सी पुगेका हुन् । बार्सिलोनामा लेवान्डोस्कीसँगै औसमाने डेम्वेले, मेम्फिस डिपाए, फेरान टोरेस र अन्सु फाती रहेका छन् ।

औवामियाङले बार्सिलोनाका लागि गत सिजन २३ खेलमा १३ गोल गरेका छन् । यो सिजन उनले एक खेल खेलेका छन् ।
इटालियन क्लब एसी मिलानबाट व्यवसायिक खेल करिअर सुरु गरेका औवामियाङले २००८ देखि २०१३ सम्म फ्रान्सको विभिन्न क्लबमा खेलेका थिए ।

त्यसपछि २०१३ देखि २०१८ सम्म जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेल्दै सबैको ध्यान खिच्न सफल भएका थिए । त्यसपछि उनी लन्डन क्लब आर्सनल पुगेका थिए । औवामियाङले आर्सनलमा २०१८ देखि २०२२ सम्म १ सय ६३ खेलमा ९२ गोल गरेका छन् ।

फ्रान्सको यु–२१ टोलीबाट खेलिसकेका औवामियाङले त्यसपछि गावोन रोजेका थिए । २००९ देखि गावोनको सिनियर टोलीमा रहेका उनले ७२ खेलमा ३० अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

यस्तै चेल्सीले स्वीस मिडफिल्डर डेनिस जाकारियालाई इटालियन क्लब युभेन्ट्सबाट एक सिजनको लागि लोनमा अनुबन्ध गर्न सफल भएको छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.