default_image

2 years ago

September 3, 2022

रियल म्याड्रिडका पुर्व खेलाडी बार्सिलोनामा अनुबन्धित

142 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व फुलब्याक मार्काेस अलन्सोलाई निशुल्क ट्रान्सफरमा क्लबमा अनुबन्ध गरेको छ ।

बार्सिलोनाले अलन्सोलाई इंग्लिस क्लब चेल्सीबाट फ्रि ट्रान्सफरमा एक सिजनको लागि क्लबमा आबद्ध गर्दा उनी १२ वर्षपछि स्पेनिस क्लबमा फर्र्किएको हो ।

चेल्सीमा उनको सम्झौता सकिएपछि बार्सिलोनाले लामो प्रयासपछि ३१ वर्षीय अलन्सोलाई क्लबमा भित्र्याएको हो । बार्सिलोनाले यसअघि पनि अलन्सो अनुबन्ध गर्न लामो समयदेखि तयारी गरेको थियो ।

अब उनले एलेसान्द्रो बाल्डे र जोर्डी अल्वासँग टोलीमा पर्नको लासग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ । रियल म्याड्रिडका पुर्व खेलाडीले शनिबार सेभियासँग प्रतिस्पर्धा गर्नुअघि नै टोलीसँगको प्रशिक्षणमा सामेल भइसकेका छन् ।

अलन्सो यसै साता बार्सिलोना आइपुग्ने दोस्रो स्पेनिस फुलब्याक बनेका छन् । बार्सिलोना इंग्लिस क्लब आर्सनलबाट हेक्टर बर्लिनलाई अनुबन्ध गरिसकेको छ ।

अलन्सोले चेल्सीमा ६ सिजन बिताउँदा ५ उपाधि जितेका छन् । रियल म्याड्रिडको एकेडेमीमा हुर्किएका अलन्सोले रियलको सिनियर टोलीमा पर्न असफल भएपछि उनी इंग्लिस च्याम्पियनसिप क्लब बोल्टन वान्डरर्समा पुगेका थिए । उनले रियलको सिनियर टोलीबाट एक खेलमा मात्रै अवसर पाए ।

त्यसपछि उनी सन् २०१३ मा इटालियन क्लब फियोरेन्टिना पुगेका थिए । त्यही सिजन उनले एक सिजन सन्डरल्यान्डमा लोनमा बिताए । त्यसपछि उनी २०१६–१७ को सिजनमा चेल्सीमा अनुबन्ध भएका थिए ।

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.