default_image

3 years ago

September 6, 2022

राष्ट्रिय टोलीमा दीपा र अमिशाको डेब्यु

298 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर दीपा शाही र फरवार्ड अमिशा कार्कीले सिनियर महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानसँगको उद्घाटन खेलमा प्रशिक्षक कुमार थापाले दीपा र अमिशालाई पहिलो रोजाईमा मौका दिदै डेब्यु दिएका हुन् ।

दीपाले कन्काई नगरपालिकाबाट उपमेयर कप प्रतियोगिता पछि चर्चा चुलिएको थियो । त्यो प्रतियोगिताकै उनी उत्कृष्ट खेलाडी भइन् । त्यसलगतै उनले यू–१८ र यू–१९ राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप पनि खेलिन् । त्यसपछि उनी विभागीय टिम आर्मीमा करारमा आबद्ध भएकी छिन् ।

यता, अमिशाले पनि महिला राष्ट्रिय लिग र उपमेयर कप छनोट प्रतियोगितामा उच्च प्रदर्शन गरेपछि उनले राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न सफल भएकी हुन् । उनले उमेर समूहमा पनि खेलेकी छिन् ।

प्रशिक्षक कुमार थापाले गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बालाई उतारेका छन् । सेन्टर डिफेन्समा गीता राना र पुनम जर्घा मगर खेल्दा साइड डिफेन्समा अमृता जैशी र हिरा भुजेल रहेका छन् । सेन्टर मिडफिल्डमा दीपा शाहीले डेब्यु गर्दा उनलाई सरु लिम्बुले साथ दिनेछिन् ।

विंगमा अनिता केसी र अनिता बस्नेतले खेल्नेछन् । आक्रमणको जिम्मेवारी सावित्रा भण्डारीले सम्हाल्नेछिन् । उनलाई अमिशा कार्कीले साथ दिनछिन् ।

यो पनि पढ्नुहोस : डेब्युमै दिपाको लोभलाग्दो प्रभाव

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.