3 years ago
September 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्यो । टोलीका प्रशिक्षक कुमार थापाले खेलको सुरुवातमा वर्षा हुँदा सोचेजस्तो समयमा गोल निकाल्न नसकेको बताए ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक थापाले वर्षाका कारण मैदान भारी हुँदा आफ्नो योजना अनुसार खेल्न नसकेको बताए । ‘हामीले मौसम र खेलको स्कोर अनुमान गर्न सक्दैनौं । पहिलो हाफमा वर्षाका कारण सोचेजस्तो प्रदर्शन हुन सकेन । दोस्रो हाफमा भने वर्षा रोकिएपछि राम्रो प्रदर्शन गर्यौं । मैदान भिजेपनि बल पोसेसन भने हाम्रै पकडमा थियो । हामीले वैकल्पिक खेलाडीको पनि प्रयोग गरेर समग्रमा राम्रो खेल्यौं,’ उनले भने ।
‘गोल समयमा नआउनु समस्या थियो । तर हामीले मैदान आउनुभन्दा केही घण्टा अघिमात्र टोलीमा परिवर्तन गर्नुपर्यो । मन्जलीलाई ज्वरो आएपछि अनिता केसीलाई उनको स्थानमा ल्यायौं । प्रशिक्षणमा हामीले सेट टिम बनाएका थियौं, तर आज आकस्मिक परिवर्तन गरेपनि राम्रो प्रदर्शन भयो,’ थापाले भने,’ सेन्टर मिडफिल्डमा दीपाले डेब्युमा राम्रो प्रदर्शन गरिन् । पहिलो पटक सँगै खेलेपनि दीपा र सरुको कम्बिनेसन मिलेको थियो ।’

प्रशिक्षक थापाले साना गल्ती भएपनि समग्रमा प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । ‘साना गल्ती भइरहेका छन् । आउने खेलमा सुधार गर्दै अघि बढ्नेछौं । टोलीको प्रदर्शनबाट खुसी छु,’ उनले थपे, ‘मलाई लाग्छ हामीले गरेको ७ साताको प्रशिक्षण पर्याप्त थियो । हामीले बनाएको योजना अनुसार नै दोस्रो हाफमा खेलेका हौं । हामीले आउने खेलमा पनि योजना परिवर्तन गर्दैनौं । खेलाडी परिवर्तन भएपनि हामी यसै शैलीमा खेल्छौं ।’
डेब्यु गरेकी अमिशालाई पहिलो हाफमै परिवर्तन गरेपनि उनको प्रयास प्रशंसनीय रहेको थापाले बताए । ‘अमिशाको पहिलो खेल थियो । उनले आफ्नो तर्फबाट राम्रो प्रयास गरिन् । मैदानको अवस्थाले केही असर गरेको हो,’ उनले भने, ‘समिक्षाले पनि डिफेन्समा राम्रो खेलिन् । उनलाई ब्याक फोरमा दिएको जिम्मेवारी पूरा गरिन् ।’

प्रशिक्षक थापाले भुटान दोस्रो हाफमा रक्षात्मक भएपछि नेपाललाई सहज भएको बताए । ‘भुटानले पहिलो हाफमा निकै कडा चुनौती दियो । दोस्रो हाफमा रक्षात्मक खेल्न थालेपछि हामीलाई सहज भयो । उनीहरुले राम्रो प्रदर्शन गरे,’ उनले भने ।
प्रशिक्षक थापाले वर्षाका कारण दर्शकदिर्घामा समर्थक कम भएको पनि बताए । ‘आज वर्षाका कारण समर्थकहरु आउन कठिन भएको होला । आशा छ अर्को खेलमा दर्शक दिर्घा भरिनेछ,’ उनले हाँस्दै भने ।
November 13, 2025
रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]