3 years ago
September 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फाइनलमा भारतसँग पराजित भएपछि नेपाल साफ यू-१७ च्याम्पियनसिपको उपविजेता बनेको छ । बुधबार श्रीलंकाको कोलोम्बोमा भएको फाइनल खेलमा नेपाल भारतसँग ४-० ले पराजित भएको हो ।

फाइनलको आधा भन्दा बढी समय १० खेलाडीमा सिमित नेपालले समूह चरणमा भारतलाई हराएको प्रदर्शन दोहोर्याउन सकेन । पहिलो हाफको ३० मिनेट नबित्दै नेपाल २-० ले पछि परेको थियो । भारतले १७ औं मिनेटमा बबी सिंहको गोलमा अग्रता लिएको थियो । कौरोउ सिंहले ३० औं मिनेटमा अग्रता दोब्बर पारे ।
नेपालका कप्तान प्रशान्त लक्षमले ३८ औं मिनेटमा रातो कार्ड पाए । बल खोस्ने क्रममा उनीमाथि भारतीय खेलाडी लडेर ढाड ठोक्किन पुग्दा रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । प्रशान्तले आफ्नो कुनै गल्ती नभएको बताएपनि रेफ्री आफ्नो निर्णयमा अडिग रहे ।
दोस्रो हाफको ६३ औं मिनेटमा वानलालपेका गुइतेले भारतलाई ३-० ले अघि बढाए । इन्ज्युरी समयमा अमनले गोल गरेपछि भारत ४-० को जित दर्ता गर्दै उपाधि जित्न सफल रहयो । भारतले यसअघि समूह चरणमा नेपालसँग ३-१ को हार बेहोरेको थियो ।
नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ३-१ ले हराएको थियो । भारतलाई हराएपछि समूह विजेता बनेको नेपाल सेमिफाइनलमा आयोजक श्रीलंकाविरुद्ध उत्रिएको थियो । सोमबार भएको सेमिफाइनलमा श्रीलंकामाथि ६-० को जित दर्ता गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको थियो ।
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]
November 14, 2025
एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]