3 years ago
September 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले छैटौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा शुक्रबार भारतको सामना गर्दैछ । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यता भारत भने समूहको अन्तिम खेलमा बंगलादेशसँग ३-० ले पराजित हुँदै समूह उपविजेता बन्यो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारत सेमिफाइनलमा खेल्न लागेको यो दोस्रो अवसर हो ।
समूह चरणको दुवै खेलमा जित हासिल गरेको नेपाललाई राजधानीमा फैलिएको डेंगीले सताएको छ । पहिलो खेलअघि विंगर मन्जली कुमारी योन्जन डेंगीका कारण खेलमा उपस्थित हुन सकिनन् । खेलको दिन विहान ज्वरो आएपछि विश्राम लिएकी उनलाई भोलिपल्ट डेंगी देखिएको थियो । उनी अस्पतालमै भर्ना भएकित थिइन् ।
दोस्रो खेलको अघिल्लो दिन टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीलाई पनि डेंगी संक्रमण देखियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेपनि प्रशिक्षक थापाले श्रीलंकाविरुद्ध खेलमा उनलाई विश्राम दिए । सेमिफाइनलमा भारतविरुद्ध मन्जली र सावित्रा खेल्ने-नखेल्ने टुंगो लागेको छैन ।

खेलको अघिल्लो दिन प्रशिक्षक कुमार थापाले स्वास्थ्य टोलीको सल्लाह लिएर आफू निर्णय लिने बताए । ‘डाक्टरसँग सल्लाह भइरहेको छ । ज्वरो कम भएको छ । औषधि नखाएर ज्वरो कम हुनु राम्रो हो, ‘ उनले भने, ‘मन्जली त अस्पताल बसेर आएको हो । फाइनलसम्म खेल्ने सम्भावना छ । तर सावित्राले एक खेल गुमाएको हो । उ राम्रो खेलाडी हो । राम्रो खेलाडी खेलोस् भन्ने नै चाहना हो ।’
‘समर्थकमाझ राम्रो खेलाडीले आफ्नो प्रदर्शन देखाउन पावोस् । उनले खेल्ने इच्छा पनि देखाएकी छिन् । तर अब डाक्टरको भनाइ कुर्ने हो । सम्भवत त्यति नराम्रो छैन । अब डेंगी लागेपछि कमजोरी त हुन्छ नै । ज्वरो आएन भने र रिकभर गर्यो भने हेर्छौं । अब अहिले नै निर्णय लिने अवस्था छैन । भोली खेलअघि नै थाहा हुन्छ,’ प्रशिक्षक थापाले भने ।

सावित्राले भुटानविरुद्ध ४-० को जितमा २ गोल गरेकी थिइन् । उक्त खेलमा पनि प्रशिक्षक थापाले सावित्रालाई ७ मिनेटअघि नै निकालेका थिए । उनको स्थानमा दोस्रो खेलमा गोल गरेकी रश्मीकुमारी घिसिङ मैदान प्रवेश गरेकित थिइन् ।
दोस्रो खेलमा सावित्राको अनुपस्थितिमा रश्मी र रेखा पौडेलले सुरुवात गरेका थिए । दोस्रो हाफमा अमिशाले रेखाको स्थानमा छिर्दै २ गोल गरेकी थिइन् । भारतविरुद्ध सावित्रा अनुपस्थित रहे अमिशाले रश्मी र रेखामध्य एकसँग अग्रपंक्ति सम्हाल्ने देखिन्छ ।
यो पनि : नेपालको असली परिक्षा भारतसँग
भारतविरुद्ध खेलअघि यसो भन्छन् प्रशिक्षक थापा :
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]