default_image

2 years ago

September 27, 2022

इंग्ल्यान्ड र जर्मनीको रोमाञ्चक बराबरी

115 views

0 Bookmark

एजेन्सी – ६ गोलका थ्रिलमा इंग्ल्यान्ड र जर्मनीले युइएफए नेसन्स लिगमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
दोस्रो हाफमा ३५ मिनेटको अन्तरमा ६ गोल निस्कदा इंग्ल्यान्ड र जर्मनीले ३–३ गोलको बरारी खेलेका हुन् ।

जर्मनीले दुई गोलको अग्रता लिएपनि इंग्ल्यान्डले उत्कृष्ट पूनरागमन गर्दै खेललाई बराबरीमा रोक्न सफल भयो । वेम्वली स्टेडियममा सोमबार राति भएको खेलमा जर्मनीका लागि काई हाभर्टजले दुई तथा इल्केए गुन्डोगानले एक गोल गरे । इंग्ल्यान्डका लुका सा, मासन माउन्ट र ह्यारी केनले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा इल्केए गुन्डोगानको पेनाल्टी गोलबाट जर्मनीले घरेलु टोलीविरुद्ध सुरुवाती अग्रता लिएको थियो । ह्यारी मगाएरले पेनाल्टी बक्समा जमल मुसिएलामाथि फउल गरेपछि रेफ्रीले जर्मनीलाई पेनाल्टी प्रदान गरेको थियो ।

६७औं मिनेटमा काई हाभर्टजले गोल गरेपछि जर्मनीले खेलमा २–० को अग्रता लिन सफल भयो । उनले टिमो वेर्नरको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि चार मिनेटमा अन्तरमा दुई गोल भएपछि इंग्ल्यान्ड खेलमा फर्किएको थियो । लुका साले ७२औं मिनेटमा रिस जेम्सको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ७५औं मासन माउन्टले बुकायो साकाको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

८३औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा ३–२ ले अघि बढाए । पेनाल्टी बक्समा जुड बेलिङघममाथि निकोले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गर्दा केन चुकेनन् । ८७औं मिनेटमा काई हाभर्टनले सर्ज जिनाब्रीको पासमा गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै लिग ए ग्रुप ३ मा जर्मनी ६ खेलबाट ७ अंक जोडेर तेस्रो तथा इंग्ल्यान्ड ३ अंक जोडेर पुछारमा रहँदै रेलिगेसनमा परिसकेको छ ।

यही समूहको अर्काे खेलमा हंगेरीलाई उसकै मैदानमा २–० ले हराएर इटालीले फाइनल फोरमा स्थान पक्का गरिसकेको छ ।शीर्षस्थानमा रहेको इटालीले ६ खेलबाट ११ अंक जोड्यो । हंगेरी १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.