default_image

2 years ago

October 9, 2022

एसियन कप छनोट– पहिलो हाफमा नेपाल पछाडि

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटको आफ्नो अन्तिम खेलको पहिलो हाफमा नेपाल ले पछाडि परहेको छ । चाइनिज ताइपेसँगको खेलको पहिलो हाफको समाप्तीमा नेपाल २–१ ले पछाडि रहेको छ ।

लिन हाइ चिङ र ताइ यान याउको गोलमा नेपाल पछाडि परेहेको हो । नेपालका लागि कप्तान प्रशान्त लक्षमले गोल फर्काएका थिए । तेस्रो मिनेटमा चिङको गोलबाट चाइनिज ताइपेले अग्रता लिएको थियो । १० औं मिनेटमा प्रशान्तले बराबरी गोल फर्काएका थिए । रिबाउन्डमा प्राप्त बलमा उनले गोल गरेका हुन् । छनोटमा नेपालको यो पहिलो गोल हो । २८ औं मिनेटमा कर्नरमा आएको बललाई याउले हेडमार्फत गोल गर्दै चाइनिज ताइपेलाई अघि बढाएका थिए ।

यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–० र आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो । समूह एफको छनोट चरणबाटै बाहिरि सकेका नेपाल र चाइनिज ताइपेबीचको यो खेललाई प्रतिष्ठाको लडाईका रुपमा हेरिएको छ। भियतनाम र थाइल्यान्डबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुनेछ ।

भियतनामसँगको खेलमा भन्दा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २ खेलाडी परिवर्तन गरेका न् । डिफेन्डर आश्विन घोरासैनीको स्थानमा विक्रम तामांङ मैदानमा छन् । युनेश बुढाथोकीलाई बेन्चमा राख्दै प्रशिक्षक श्रेष्ठले सरोज दर्लामीलाई मौका दिएका हुन् ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.