3 years ago
October 13, 2022
पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष खेलको उद्घाटन खेल नै विवादित बनेको छ । प्रदेश १ ले आफूविरुद्ध गैर आवासिय नेपाली संघ (एनआरएनए) ले नियम विपरित नेपालमै रहेका खेलाडीलाई खेलाउन लागेकोमा विरोध जनाएको थियो । खेलपछि प्रोटेस्ट हाल्न पाउने गरि खेल्न आयोजकले आग्रह गरेपछि प्रदेश १ खेल्न राजी भएको थियो ।

गोस्टेघाट फुटबल मैदानामा बिहीबार भएको खेलमा राष्ट्रिय टोलीका खेलाडी सम्मलित एनआरएनले प्रदेश १ लाई २–० ले हराएको थियो । संजोक राई र विमल घर्तीले प्रदेश १ विरुद्ध गोल गरेका थिए । प्रदेश १ ले बिहीबार साँझ नै नवौंका फुटबलका संयोजकलाई एनआरएनएविरुद्ध दाबी विरोध पेश गरेका छन् ।
पुरुष फुटबलअन्तर्गत प्रदेश नं.१ विरुद्ध एनआरएनएबाट खेल्ने खेलाडी राखेप को खेल कार्य विधिमा टोलीका ८ खेलाडी नपर्ने भएकोले खेलको नतिजा आफ्नो पक्षमा दिन माग गरेको छ । एनआरएनबाट खेल्ने खेलाडी कम्तमिा १ सय ८० दिन विदेशमा बसोबास गरेको हुनुपर्नेमा टोलीबाट बिहीबार खेल्ने ८ खेलाडी नियविपरित खेलाइएको प्रदेश १ को दाबी रहेको छ ।
आरएनबाट अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोक राई, विमल घर्तीमगर, विशाल राई, इशान खड्का र अशोक खवास खेल्ने विरुद्ध प्रदेश १ ले प्रोटेस्ट राखेको हो । ८ मध्ये अधिकाशं प्रदेश १ कै खेलाडी हुन् । खेलाडीले प्रदेशले आफूहरुलाई वास्ता नगरेको र प्रदेशले भने खेलाडी छनोटमा सहभागी नभएको दाबी गर्दै आएका छन् ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]