default_image

3 years ago

October 13, 2022

महिला फुटबल – आर्मी र पुलिसको सहज जित

239 views

0 Bookmark

स्याङ्जा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला फुटबलको दोस्रो खेलमा बिभागीय टोली त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।

स्याङजाको वालिङस्थित मालेबगर खेल मैदानमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा इन्दिरा राईले दुई तथा चन्द्रा भण्डारी, कुसुम खतिवडा, अमिसा कार्की र हिमा चौधरीले समान एक गोल गरिन् ।

खेलको नवौं मिनेटमा इन्दिराको गोलबाट आर्मीले अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा इन्दिराले व्यक्तिगत तथा टोलीको लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन् ।

५२औ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै ३–० को स्थितिमा पु¥याइन् । ५५औं मिनेटमा कुसुम खतिवडाले गोल गर्दै टोलीलाई ४–० ले अघि बढाइन् । ५७औं मिनेटमा अमिसा कार्कीले मैदानको मध्य भागबाट एक्लै गोलकिपरलाई विट गर्दै गोल गर्न सफल भइन् ।

हिमा चौधरीले खेलको अन्तिमतिर गोल थप्दै आर्मीको जित पक्का गरिन् । प्रतियोगिताको पहिलो खेलमा वागमतिलाई ५–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको थियो । महिला फुटबलमा सात प्रदेश र तीन बिभागिय टोलीको सहभागीता रहेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.