default_image

1 year ago

December 31, 2022

दुई आत्मघाती गोलले लिभरपुलको जित

77 views

0 Bookmark

एजेन्सी – ओउट फेइसले दुई आत्मघाती गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ ।

लिभरपुलले घरेलु मैदानमा लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो । लेस्टरका किअरनान डिउसबुरी हलले गोल गर्दा लिभरपुलले दुवै गोल उपहार पाएको थियो ।

एनफिल्डमा शुक्रबार राति भएको खेलको चौथो मिनेटमा नै का किअरनान डिउसबुरी हलको गोलबाट घरेलु टोली लिभरपुल खेलमा पछि परेको थियो । उनले पास्टन डाकाको पासमा गोल गर्न सफल भएका थिए ।

तिनै पास्टन डाका १५औं मिनेटमा चोट बाक्दै मैदानबाट बाहिरएपछि लेस्टर दवावमा परेको थियो । उनको स्थानमा जेमी भार्डी मैदान छिरेपनि उनले स्वभाविक खेल पस्कन सकेन ।

३८औं मिनेटमा ओउट फेइसले आत्मघाती गोल गरेपछि लिभरपुलले खेललाई १–१ गोलको बराबरीमा ल्याए । एलेक्सान्डर आर्नाेल्डको क्रसलाई क्लियर गर्ने क्रममा ओउट फेइसले आफ्नै पोस्टमा गोल गर्न पुगे ।

४५औं मिनेटमा ओउट फेइसले अर्काे आत्मघाती गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । डार्विन नुनेजले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार पोलमा लागेर फर्कदा बललाई क्लियर गर्न पुगेका ओउट फेइसको खुट्टामा लाग्दै गोल हुन पुगेको थियो । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुन सफल भयो ।

यस जितसँगै छैटौं स्थानमा रहेको लिभरपुलको १६ खेलबाट २८ अंक पुगेको छ । पराजित लेस्टर १७ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा ब्रेन्टफर्डले वेस्ट ह्याम युनाइटेडले २–० ले पराजित गरेको छ । ब्रेन्टफर्डको जितमा इभान टोनी र योसुआ डासिल्भाले गोल गरे । य

स जितसँगै ब्रेन्टफर्ड १७ खेलबाट २३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम १४ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.