default_image

3 months ago

February 4, 2024

पल्सर स्पोर्टस अवार्डको महिला र पुरुषको मनोनयन सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको महिला र पुरुष वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । यसअघि समान ५ खेलाडीको मनोनयन हुने उक्त विधामा यसपटक आयोजक नेपाल खेलकुद पत्रकार मन्चले समान ८ खेलाडीको मनोनयन आइतबार सार्वजनिक गरेको छ । वर्षका उत्कृष्ट युवा र प्रशिक्षकको मनोनयन भने केहि दिनमा सार्वजनिक हुने […]

2223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता हुने एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको महिला र पुरुष वर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ ।

यसअघि समान ५ खेलाडीको मनोनयन हुने उक्त विधामा यसपटक आयोजक नेपाल खेलकुद पत्रकार मन्चले समान ८ खेलाडीको मनोनयन आइतबार सार्वजनिक गरेको छ । वर्षका उत्कृष्ट युवा र प्रशिक्षकको मनोनयन भने केहि दिनमा सार्वजनिक हुने बताइएको छ ।

अवार्डको २० औं संस्करण माघ २८ गते आयोजना हुने मन्चले यसअघि नै सार्वजनिक गरिसकेको छ । यसपटकदेखि नयाँ प्रयोग थालिएको उल्लेख गरेको मन्चले वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडीलाई स्पोर्टस अवार्डमा समेट्ने उद्देश्यले यस्तो प्रयोग गरिएको मञ्चको भनाई छ ।

महिला वर्ष खेलाडीतर्फ एथलेटिक्सका ३ खेलाडी मनोनयमा परेका छन् । एथलेटिक्सकी पुष्पा भण्डारी, राजपुरा पछाई, जयरानी थारुसहित फुटबलकी अमिशा कार्की, बास्केटबलकी अनुशा मल्ल, पौडीकी डुवाना लामा, जुडोकी पुनम श्रेष्ठ र ट्रायथलनकी श्रेवी महर्जन मनोनयनमा परेका छन् ।

त्यस्तै वर्ष पुरुष खेलाडीको क्रिकेट र एथलेटिक्सका समान २ सहित अन्य अलग अलग खेलको मनोनयमा परेका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र आसिफ शेख, एथलेटिक्सका दीपक अधिकारी र मुकेश पाल तथा राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठ, पौडीका नासिर याहा हुसेन, बुद्धिचालका रुपेश जैसवाल र गल्फका सुवास तामाङ रहेका छन् ।

मनोनयनमा परेका ८ मध्ये उत्कृष्ट ३ को छनोट केही दिनमा पत्रकार सम्मेलनमार्फत गरिने मञ्चले दिएको छ । अन्तिम मनोनयन सूचीमा परेका ३ मध्येबाट कार्यक्रमको दिन विजेता घोषित गरिनेछ । यसअघि मनोनयमा परेका ५ मध्येबाट १ जना विजेता चुनिन्थ्यो ।

यसअघि अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।

पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछन् । यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये २ वटा एन २५० र ३ वटा एन१६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा गु्रप अफ होटल्स, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९

वर्ष महिला खेलाडीको उत्कृष्ट ८ मनोनयन

अमिशा कार्की (फुटबल)

– साफ महिला च्याम्पियनसिपमा रजत जित्न सफल
– साफ महिला च्याम्पियनसिपमा २ गोल गर्न सफल
– साफ यू–२० महिला फुटबलको उपविजेता । ४ गोल गर्दै संयुक्त सर्वाधिक गोलकर्ता ट्रफी जित्न सफल
– नवौं राष्ट्रिय खेलकुदमा आर्मीबाट कांस्य जित्न सफल

अनुशा मल्ल (बास्केटबल)

– माल्दिभ्समा भएको साबा वुमेन्स च्याम्पियनसिपमा रजत
– साबा वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी
– नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट रजत जित्न सफल

डुवाना लामा (पौडी)

– नवौं राष्ट्रिय खेलकुदमा ९ स्वर्ण र १ रजत जित्न सफल
– त्रिभुवन आर्मी क्लबबाट खेल्दै सर्ट कोर्समा ५ राष्ट्रिय कीर्तिमान बनाउन सफल
– २०० मिटर इन्डिभिजुअल मिड्ले, ५० मिटर ब्रेस्टस्ट्रोक, २०० मिटर फ्रिस्टाइल, ४०० मिटर फ्रिस्टाइल रिले, २०० मिटर ब्रेस्टस्ट्रोक, ८०० मिटर फ्रिस्टाइल रिले, ४०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्रेस्टस्ट्रोक र मिक्स ४०० मिटर रिलेमा स्वर्ण तथा ५० मिटर बटरफ्लाइमा रजत

जयरानी थारु (एथलेटिक्स)
– नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक ५ स्वर्ण, सहभागी सबै विधामा विजेता
– १०० मिटर हर्डल्स, ४०० मिटर हर्डल्स र लङजम्पमा राष्ट्रिय कीर्तिमान ।
– ४४औं राष्ट्रिय एथलेटिक्समा दुई राष्ट्रिय कीर्तिमानसहित चार स्वर्ण र एक रजत । उत्कृष्ट खेलाडी घोषित ।

पुनम श्रेष्ठ (जुडो)

– बिस्केक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा कांस्य विजेता
– महिला ७० केजीमुनि तौल समूहमा किर्गिस्तानकी गुल्नुरलाई रिपिचेजमा हराएर कांस्य जित्न सफल ।
– नवौं राष्ट्रिय खेलकुदमा महिला ७० केजी तौल समूहमा स्वर्ण

पुष्पा भण्डारी (एथलेटिक्स)

– बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (राजपुरा पछाई र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला १० हजार मिटरमा कांस्य
– सहारा हाफ म्याराथन स्वर्ण
– कान्तिपुर हाफ म्याराथनमा रजत
– वीर गणेशमान सिंह १० किमि रोड रेसमा रजत
– मदन भण्डारी स्मृति रोड रेस ५ किमि रोड रेसमा रजत

राजपुरा पछाई (एथलेटिक्स)

– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक
– १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ)
– नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत
– वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण
– कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा स्वर्ण
– नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण
– राष्ट्रिय एथलेटिक्समा ३ हजार मिटर दौडमा रजत

श्रेवी महर्जन (ट्रायथलन)

– एसियन कप ट्रायथलन तथा दक्षिण एसियन कप ट्रायथलनमा दक्षिण एसियालीतर्फ रजत
– नवौं राष्ट्रिय खेलकुदमा महिला स्प्रिन्टतर्फ रजत


वर्ष पुरुष खेलाडीको उत्कृष्ट ८ मनोनयन

आसिफ शेख (क्रिकेट)

–वर्ष २०७९ को एकदिवसीय अन्तर्राष्ट्रियमा कुल १ हजार ९३ रन बनाउन सफल खेलाडी
–विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध बनाएको ११० रनको शतकीय इनिङ्स
– एकदिवसीय अन्तर्राष्ट्रियमा ७ अर्धशतक बनाउन सफल खेलाडी

दीपक अधिकारी (एथलेटिक्स)

– एसियाली क्रसकन्ट्री दौडमा २ स्वर्ण, घरेलु प्रतियोगितामा ३ स्वर्ण र १ रजत
– १६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमिमा स्वर्ण
– १६औं एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण
– नवौं राष्ट्रिय खेलकुदमा पुरुष १० किमिमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
– दोस्रो राइट टु प्रोटिन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण
– कान्तिपुर हाफ म्याराथनमा रजत

मुकेश पाल (एथलेटिक्स)

– १६औं एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्टमा स्वर्ण
– १६औं एसियाली क्रसकन्ट्रीमा पुरुष १० किमि दौडमा कांस्य
– राष्ट्रिय एथलेटिक्समा पुरुष १५ सय मिटरमा स्वर्ण र ३ हजार मिटरमा रजत
– नवौं राष्ट्रिय खेलकुदमा पुरुष १५०० मिटर दौडमा स्वर्ण
– कान्तिपुर हाफ म्याराथनमा कांस्य
– जेसिज हाफ म्याराथनमा स्वर्ण

मानबहादुर श्रेष्ठ (भलिबल)

– बंगलादेशको ढाकामा सम्पन्न काभा मेन्स बिच भलिबलमा दिल सुनार जोडीसँग मिलेर रजत पदक
– बिच भलिबलमा रजत जित्ने टिमका कप्तान
– राष्ट्रिय भलिबल टोलीका कप्तान
– पुरुषतर्फ बंगलादेश र माल्दिभ्सलाई हराएर सेमिफाइनल पुग्दा सदस्य

नासिर याहा हुसेन (पौडी)

– नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक ७ स्वर्ण २ रजत र १ कांस्य जित्न सफल

– पुरुष १०० मिटर बटरफ्लाई, १५०० मिटर फ्रिस्टायल, २०० मिटर फ्रिस्टायल, ४०० मिटर फ्रिस्टायल, २०० मिटर मिड्ले, ४ गुणा १०० मिटर मिक्स रिले र ४ गुणा १०० मिटर रिले इभेन्टमा स्वर्ण
– १०० मिटर ब्रेस्ट स्ट्रोकमा रजत र १०० मिटर फ्रिस्टायलमा रजत, ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा कांस्य

रोहित पौडेल (क्रिकेट)

– नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) जोगाउँदाका कप्तान
–वर्ष २०७९ मा कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै ४ अर्धशतकसहित ६ सय ७९ रन बनाउन सफल
–आयरल्यान्डविरुद्धको खेलमा निर्णायक अविजित ९५ रनको अर्धशतक

रुपेश जैसवाल (बुद्धिचाल)

– छत्तीसगढ चिफ मिनिस्टर ट्रफी अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर चेसमा विदेशी इभेन्टमा रजत
– भारतको चेन्नईमा भएको ४४ औँ फिडे चेस ओलम्पियाडमा नेपालको तर्फबाट उच्चतम अङ्क हासिल गर्ने खेलाडी (१०÷६)
– नयाँ दिल्लीमा भएको एसियन कन्टिनेन्टल चेस च्याम्पियनसिपको ब्लिट्जमा ९३ खेलाडीमध्ये ११ औं स्थानमा रहन सफल
– नवौँ राष्ट्रिय खेलकुदमा ¥यापिड र ब्लिट्जतर्फ दोहोरो स्वर्ण र क्लासिकलमा रजत
– आधा दर्जनभन्दा बढी राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न सफल

सुवास तामाङ (गल्फ)

– नेपाल टुरिजम कप र बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपाललाई टिम च्याम्पियन बनाउन सफल खेलाडी ।
– बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा व्यक्तिगततर्फ रजत जित्न सफल
– नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगतमा स्वर्ण जित्न सफल । टिममा आर्मीबाट कांस्य पदक जित्न सफल ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.