default_image

5 months ago

September 13, 2024

दिदी नुरियाको अपूरो सपना पूरा गर्ने सुक्रियाको अठोट

1668 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपालले सन् २०२२ मा साफ यू१५ च्याम्पियनसिप जित्दा सुक्रिया मियाले आक्रमणमा राम्रो प्रभाव जमाएकी थिइन् । महिला फुटबलमा नेपालले बिरलै पाउने सफलताको सारथी बनेकी सुक्रियाले त्यसयता यू१७ उमेर समूह हुँदै घरेलु फुटबलको सिनियर टोलीमा नै खेलेकी छिन् । जारी महिला राष्ट्रिय लिगमा वालिङको आक्रमण सम्हालिरहेकी सुक्रिया आफ्नो दिदीले अपुरो छोडेको सपना पूरा गर्न लागिरहेकी छिन् ।

१६ वर्षीय सुक्रियाकी दिदी नुरियाले पनि नेपालको उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिन् । हाल सिनियर टोलीमा प्रभाव जमाइरहेकी प्रिती राईसँग मिडफिल्ड खेल्ने नुरियाले उमेर समूहबाट सिनियर टोलीको यात्रा तय गर्न सकिनन् । एक त खेल दौरानको चोट, त्यसमा परिवारबाट बलियो सहयोग नहुनु र स्थानीय रुपमा पुनरागमनको लागि बलियो साथ नपाउँदा दिदी नुरियाले आफ्नो करिअर अघि बढाउन पाइनन् । बहिनी सुक्रियालाई निस्फिक्री खेल्न दिनकै लागि पनि उनले परिवार र समाजसँग लगातार लडिन् ।

मुस्लिम समुदायबाट उमेर समूहको राष्ट्रिय टोलीमा खेल्ने पहिलो खेलाडी बनेकोमा अहिले २१ वर्ष पुगेकी नुरियालाई गर्व लाग्छ । उनले सन् २०१७ मा भुटानमा सम्पन्न साफ यू-१५ च्याम्पियनसिप लगायत ३ प्रतियोगिता खेलेकी थिइन् ।

सन् २०१८ मा भुटानमा भएको साफ यू१५ च्याम्पियनसिपमा दिदी नुरिया

‘मलाई एकदम गर्व लाग्छ कि म मुस्लिम समुदायबाट उमेर समूहको राष्ट्रिय टोलीमा खेल्ने पहिलो महिला खेलाडी बने । लक्ष्य त मेरो सिनियर टोलीबाट खेल्ने थियो, तर त्यो पूरा भएन । अब बहिनीले त्यो पूरा गर्छिन् भन्ने विश्वास छ । उसले खेलेपनि मैले खेले बराबर हुन्छ,’ नुरियाले एन्फा कम्प्लेक्स परिसरमा सुनाइन् ।

सुक्रियाले खेल्न थालेको मुस्किलले ५ वर्ष हुँदैछ । र उनले खेलमा लाग्नुको कारण पनि दिदी नै हुन् । एक प्रतियोगिताका लागि दिदी नुरिया छनोट हुन नसक्दा घर आएर निकै रोइन् । बहिनी सुक्रियाले यो देखेपछि मन थाम्न सकिनन् र उनको सपना आफूले पुरा गर्ने भन्दै इख राखिन् । त्यसअघि रमाइलोको लागि फुटबल खेल्ने सुक्रियाले अब भने फुटबलमै केही गर्ने अठोट लिइन् ।

दिदी नुरिया आफ्नो तुलनामा बहिनीसँग उचाइ राम्रो रहेको र खेल्ने शैली पनि प्रभावशाली रहेको बताउँछिन् । ‘मलाई त उचाइले पनि साथ दिएन । उमेर समूहमा त खेलेको थिएँ, पछि सिनियर स्तरमा जान प्रशिक्षकले पत्याउनु भएन भनौं होला । के भयो भयो । अब त मैले आशा पनि मारिसकें, बहिनीले खेलेको हेरेर चित्त बुझाउँछु,’ नुरियाले सुनाइन् ।

सुक्रियाले नुरिया उमेर समूहबाट खेलेको देख्न त पाइनन् तर दिदीले राम्रो मिडफिल्ड खेलेको भन्ने सुनेकी थिइन् । दिदीले खेलाडी बन्न गरेको संघर्षले आफूलाई निकै सहज भएको उनले बुझेकी छिन् ।

‘मलाई त खेलमा आउन गाह्रो भएन । दिदी पहिलो मुस्लिम खेलाडी भएकाले मेरो बाटो सहज भयो । दिदीको समयमा बुवाले खेल्न नदिँदा गाह्रो भएको थियो । तर दिदीले म खेल्छु भनेपछि निकै सहयोग गर्नुभयो । परिवारले पनि अहिले साथ दिनुभएको छ । आमा, दाई दिदि सबैले खेल्न प्रोत्साहन गर्नुहुन्छ,’ सुक्रियाले सुनाइन् ।

दुई वर्षअघि साफ यू१५ को उपाधि जितेर फर्केपछि आफ्नो ममीलाई मेडल लगाउँदा गर्व लागेको सुक्रियाले बताइन् । उमेर समूहबाट सिनियर फुटबलमा आउँदा आफ्नो खेल पनि सुधारिएको उनले महसुस गरेकी छिन् । पछिल्लो दुई खेल अस्वस्थताका कारण पूरा खेल्न नपाएकी सुक्रिया महिला लिगको अवसरलाई सदुपयोग गर्ने लक्ष्य राखेकी छिन् ।

‘अहिलेलाई लक्ष्य भनेको वालिङलाई दोस्रो चरणमा पुर्याउने हो । त्यसका लागि निकै मिहिनेत गरिरहेका छौं । उमेर समूहबाट सिनियर फुटबल आउँदा खेल्न कठिन हुने रहेछ । तर यो अवसरलाई सक्दो सदुपयोग गर्न प्रयास गरिरहेको छु,’ कर्णालीविरुद्ध जितमा १ गोल र १ असिस्ट गरेकी युवा फरवार्डले सुनाइन् ।

हालसम्म आधिकारिक प्रतियोगितामा दुई दिदीबहिनीले सँगै खेलेका छैनन् । तर लिगको तयारीका दौरान एकसाथ प्रशिक्षण गर्दाको अनुभवले सुक्रिया सहज हुने बताउँछिन् । ‘हामी दुईले एकसाथ प्रतियोगिता त खेलेका छैनौं । तर लिगको तयारीको समयमा वालिङमै प्रशिक्षण गरेका थियौं । दिदी मिडफिल्ड खेल्ने म आक्रमणमा खेल्ने, राम्रो समन्वय रहेको थियो । मलाई त सहज नै हुन्छ,’ सुक्रियाले सुनाइन् ।

दिदी नुरियाले भने अब फुटबलबाहेकको विकल्प हेर्न थालिसकेकी छिन् । स्थानीय टोलीमा प्रशिक्षकले विश्वास नगरेपछि उनले अन्य टोलीबाट खेल्ने सोच बनाएकी छैनन् । विदेश जाने सोच बनाएकी उनको अहिलेको दैनिकी बहिनीलाई लिगका दौरान सहज होस् भन्ने नै छ ।

‘मैले आफू त अब के गर्न प्रष्ट छैन । खेल्न पाए त खेल्छु भनेको हो, तर मिलेको छैन । अब सुकुकै खेल हेरेर चित्त बुझाउँछु । मलाई उसले एपिएफबाट खेलेको हेर्न मन छ । त्यसपछि राष्ट्रिय टोली त सपना नै भयो,’ नुरियाले सुनाइन् ।

राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारीले पनि सुक्रियाको खेल देखेर मनोबल बढाउने गरेको नुरियाले सुनाइन् । ‘बहिनीको खेल देखेर साम्बा दिदीले पनि कुरा गर्नुहुन्छ । राम्रो खेल्नुपर्छ भने मनोबल पनि बढाउनुहुन्छ । वहाँजस्तै एपिएफ हुँदै राष्ट्रिय टोलीमा सँगै खेलेको हेर्न मन छ,’ नुरियाले सुनाइन् ।

February 16, 2025

उपाधिमा सबैको दाबेदारी

काठमाडौं (हाम्रो खेलकुद)- अन्तराष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको अघिल्लो दिन आइतवार आयोजक नेपालसहित चारै टोलीले उपाधिको लागि खेल्ने बताएका छन् । दशरथ रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा नेपालकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले बोलेर भन्दा पनि मैदानमा खेलेर देखाउने बताइन्। उनले तयारी पनि यो पटक राम्रो भएको जिकिर गरिन्।‌ नेपाली टोलीले पछिल्ला प्रतियोगिताहरुमा हार्दा डिफन्समा […]

February 16, 2025

साम्बाले कीर्गिस्तान विरुद्ध नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्। नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्। प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने […]

February 16, 2025

आर्सनलले लेस्टरलाई हरायो

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ । आर्सनलले शनिवार लेस्टरलाई २-० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे । मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ अंकका साथ […]

Success

Thank you for your time.