default_image

10 months ago

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

1163 views

0 Bookmark

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ।

सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ।

आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे।

ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा हालान्डले बराबरी गोल गर्दैै सिटीलाई खेलमा फर्काए। तर त्यसको एक मिनेटमै पार्टेले गोल गर्दैै आर्सनललाई अघि बढाए। त्यसपछि सिटी सम्हालिन सकेन ।

स्केलीले ६२ औं मिनेटमा गोल गरे। आर्सनलका लागि सिनियर लेभलमा यो उनको पहिलो गोल हो। ७६ औं मिनेटमा हार्भेट्ज र इन्ज्युरी समयको तेस्रो मिनेटमा नोनेरीले गोल गरेपछि आर्सनलको जित सहज बन्यो ।

२४ खेलमा दोस्रो स्थानको आर्सनलको ५० अंक छ । एक खेल कम खेलेको लिभरपुलको ५६ अंक छ। सिटी ४१ अंकसहित चौथो स्थानमा छ। सोमवार वेस्ट ह्यामलाई हराउन सके चेल्सी चौथो स्थानमा उक्लनेछ ।

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

म्यानचेस्टर युनाइटेडले लिगमा अर्को हार बेहोरेको छ।
युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो ।

प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे। माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे ।

अर्को खेलमा टोटेनहमले बेन्टफोर्डलाई २-० ले हराएको छ। जारी लिगमा आठौं खेलमा टोटेनहमको यो पहिलो जित हो।

३० अंकसहित प्यालेस १२ औं स्थानमा छ। युनाइटेड पुन: १३औं स्थानमा झरेको छ। २४ खेलमा टोलीको २९ अंक छ। टोटेनहम २७ अंकसहित १४ औं स्थानमा छ। ३१ अंकसहित बेन्टफोर्ड ११ औं स्थानमा छ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.