default_image

5 months ago

July 4, 2025

मनाङ मर्स्याङ्दीको विजयी सुरुवात

739 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु-१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ।

आज भएको उद्घाटन खेलमा मनाङले श्री भगवती क्लबलाई २-१ गोलले हरायो।

एन्फा कम्प्लेक्समा भएको खेलको ४० औं‌ मिनेटमा रोहन थापा मगरले गोल गरे। मनाङले पहिलो हाफमा १-० को अग्रता बनायो।

तर मनाङको यो अग्रता ५८ औं मिनेटमा तोडियो। सरुन महतोले श्री भगवतीको लागि बराबरी गोल फर्काए।

यसपछि खेल सकिन तीन मिनेट बाँकी छँदा विवेक मगरले गोल गरे। यही गोल निर्णायक बन्दा मनाङले २-१ को जितकासाथ विजयी सुरुवात गर्यो।

यो सँगै मनाङले तीन अंककासाथ लिगको सुरूवात गरेको छ। लिगमा १४ ए-डिभिजन क्लबहरूको सहभागिता रहेको छ।

लिग विजेता टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिग डबल राउन्ड रोबिन प्रणालीमा हुनेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.