default_image

4 months ago

August 2, 2025

कप्तान साम्बा हेटौंडामा सम्मानित

515 views

0 Bookmark

रविन्द्र वाईबा, मकवानपुर

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ हेटौंडामा सम्मानित भएकी छिन् ।

सञ्चारिका समूह मकवानपुरले आयोजना गरेको ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ विषयक विशेष कार्यक्रममा शनिवार साम्बालाई सम्मान गरेको‌ हो ।

साम्बालाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । उनलाई सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ (निशा), हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र पुरस्कारको प्रायोजन गर्ने हेटौंडा स्कुल अफ म्यानेमेन्टका प्रिन्सिपल पुरण जोशी लगायतले सम्मानपत्र प्रदान गरे ।

साम्बा हालै न्यूजिल्याण्डको एक क्लबसँग आवद्ध भएर अष्ट्रेलियाली लिग खेल्ने तयारीमा छिन् । यसअघि साम्बा फ्रान्सेली क्लबमा आवद्ध थिइन् । भारत, इजरायल हुँदै फ्रान्स पुगेकी साम्बा सर्वाधिक सफल नेपाली महिला खेलाडी समेत हुन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख स्किम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य टीका लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिं रानाभाट लगायतको उपस्थिति रहेको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.