4 months ago
August 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कपमा आज लिग चरण आफ्नो तेस्रो तथा अन्तिम खेल खेल्दैछ।
समूह ‘सी’ मा रहेको आर्मीले इण्डियन आर्मी फुटबल टिमको सामना गर्दैछ । जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा हुने खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
इण्डियन आर्मीको यो दोस्रो खेल हो । पहिलो खेलमा उसले जमशेदपुर फुटबल क्लबसँग हार बेहोरेको थियो । अंक बिहिन इण्डियन आर्मी समूह ‘सी’ को पुछारमा रहेको छ ।
पहिलो खेलमा जमशेदपुरसँग ३-२ ले पराजित भएको आर्मीले दोस्रो खेलमा लद्दाख फुटबल क्लबसँग १-१ को बराबरी खेलेको थियो ।
त्रिभुवन आर्मी क्लब २ खेलमा १ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । २ खेलमा शतप्रतिशत जितको नतिजाका साथ जमशेदपुर समूहको शीर्ष स्थानमा छ ।
२४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण सोनी स्पोर्टस २ र सोनी लिभले गरिरहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]