default_image

4 months ago

August 5, 2025

अञ्जन सम्मिलित कश्मीरको जित

1115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट सम्मिलित रियल कश्मीर एफसी डुरान्ड कपमा विजयी भएको छ।

खुमन लम्पाक रंगशालामा सोमवार कश्मीरले ट्राउ एफसीलाई २-१ ले पराजित गरेको हो । रियल कश्मीरको जितमा मरात तारेक र रोहेन सिंहले गोल गरे । ट्राउका अफ्रिदी बुइमायुमले गोल गरे।

खेलको २४औं मिनेटमा तारेकले रियल कश्मीरलाई अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटमै ट्राउका अफ्रिदीले बराबरी गोल फर्काए । खेलको ६४औं मिनेटमा रोहेनको गोलले कश्मिरको जितमा निर्णायक बन्यो ।

कश्मिर २ खेलमा ३ अंकका साथ समूह ‘एफ’ को दोस्रो स्थानमा छ । २ खेलमा अंक बिहीन ट्राउ तालिकाको पुछारमा छ । इण्डियन नेभी एफसी ३ अंकका साथ समूहको शीर्ष स्थानमा छ ।

रियल कश्मीर समूह चरणको अन्तिम खेल अगस्ट १० मा नेरोका एफसीसँग खेल्नेछ । २४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ ।

६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण सोनी स्पोर्टस २ र सोनी लिभले गरिरहेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.