4 months ago
August 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ ।
जमशेदपुरस्थित जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलवार इण्डियन आर्मी फुटबल टिमसँग १-० ले पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो ।
इण्डियन आर्मीको जितमा क्रिस्टोले २१औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो ।
त्रिभुवन आर्मी पहिलो हाफबाटै १० खेलाडीमा सिमित भएको थियो । आर्मीका गोल रक्षक विकेश कुथु २९औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए ।
समूह ‘सी’ मा आर्मीले ३ मध्ये २ मा हार र अर्कोमा बराबरी खेलेको थियो। पहिलो खेलमा जमशेदपुर फुटबल क्लबसँग ३-२ ले पराजित भएको आर्मीले दोस्रो खेलमा लद्दाख फुटबल क्लबसँग १-१ को बराबरी खेलेको थियो ।

इण्डियन आर्मीको दोस्रो खेलमा यो पहिलो जित हो । इण्डियन आर्मीले पहिलो खेलमा जमशेदपुरसँग हार बेहोरेको थियो । ३ अंकका साथ इण्डियन आर्मी समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ ।
त्रिभुवन आर्मी क्लबले ३ खेलमा १ अंकका साथ प्रतियोगिता सकायो । २ खेलमा शतप्रतिशत जितको नतिजाका साथ जमशेदपुर समूहको शीर्ष स्थानमा छ ।
२४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण सोनी स्पोर्टस २ र सोनी लिभले गरिरहेको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]