default_image

4 months ago

August 6, 2025

सेस्कोका लागि युनाइटेडको प्रस्ताव

345 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडले आरबी लाइपजिगका स्ट्राइकर बेञ्जामिन सेस्कोका लागि ८५ मिलियन युरो सम्म पुग्ने प्रस्ताव राखेको छ।

यो प्रस्तावमा ७५ मिलियन युरो ग्यारेन्टी तिर्ने विषय समावेश गरिएको जनाइएको छ। २२ वर्षीय स्लोभेनियाली फरवार्डलाई ओल्ड ट्राफोर्ड ल्याउन चाहने युनाइटेडले त्यो मूल्यांकन उपयुक्त भएको विश्वास गरेको छ ।

सेस्को आफैँ पनि युनाइटेड जान इच्छुक रहेको अनुमान गरेको छ। यद्यपि लाइपजिगले औपचारिक जवाफ दिइसकेको छैन।

न्युक्यासल युनाइटेडले पनि सेस्कोमा चासो देखाउँदै करिब ८० मिलियन युरोको प्रस्ताव दिइसकेको बताइएको छ । न्युक्यासल लाइपजिगसँग छलफल गर्दैछ।

युनाइटेडको प्रस्तावलाई विशेष रुपमा हेरिएको छ ।सेस्को युनाइटेडमा जान इच्छुक भएको खण्डमा मात्र ठोस प्रस्ताव गर्ने भनिएको थियो।

सेस्कोलाई ल्याउन युनाइटेडले डेनिस स्ट्राइकर रस्मुस होइल्युन्डलाई क्लब बाहिर पठाउने तयारी पनि गरेको छ।

सेस्कोले लाइपजिगबाट ८७ खेलमा ३९ गोल गरेका छन् । ६ फिट ५ इन्च अग्ला उनी ओल्ड ट्राफोर्डको अग्रपंक्तिमा शारीरिक प्रभावशाली उपस्थिति थप्ने विश्वास गरिएको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.