4 months ago
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु विमला विक र समीक्षा घिमिरे नेपाल एपिएफ फुटबल क्लबबाट खेल्ने भएका छन् ।
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न तयारीमा रहेको विभागीय टोली एपिएफले राष्ट्रिय टोलीका दुई डिफेन्डर त्रिभुवन आर्मी क्लबकी विमला विक र नेपाल पुलिस क्लबकी समीक्षालाई अनुबन्ध गरेको हो ।

त्यस्तै, च्याम्पियन्स लिग कै लागि एपिएफले चेतन घिमिरेलाई प्रशिक्षकमा नियुक्त गरेको छ । एपिएफ समूह ‘बी’ मा थाइल्यान्डको कलेज अफ एसियन स्कलर, आयोजक उज्वेकिस्तानको पिएफसी नासाफ र साउदी अरबको अल नासरसँग छ ।
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण प्रतियोगिता अगस्ट २५ देखि ३१ तारिखसम्म उज्वेकिस्तानमा हुँदैछ ।

एपिएफले पहिलो खेलमा घरेलु टोली नासाफको सामना गर्नेछ । दोस्रो खेलमा थाइल्यान्डको कलेज अफ एसियन स्कलर खेल्ने एपिएफले अन्तिम खेलमा साउदी अरबको अल नासरसँग खेल्नेछ ।
१९ देशका लिग च्याम्पियन क्लबहरुको सहभागिता रहेको प्रतियोगितामा ५ समूह रहेको छ । हरेक समूहका विजेता एफसी महिला च्याम्पियन्स लिगको फाइनल राउन्डका लागि छनोट हुनेछन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]