4 months ago
August 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु विमला विक र समीक्षा घिमिरे नेपाल एपिएफ फुटबल क्लबबाट खेल्ने भएका छन् ।
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न तयारीमा रहेको विभागीय टोली एपिएफले राष्ट्रिय टोलीका दुई डिफेन्डर त्रिभुवन आर्मी क्लबकी विमला विक र नेपाल पुलिस क्लबकी समीक्षालाई अनुबन्ध गरेको हो ।

त्यस्तै, च्याम्पियन्स लिग कै लागि एपिएफले चेतन घिमिरेलाई प्रशिक्षकमा नियुक्त गरेको छ । एपिएफ समूह ‘बी’ मा थाइल्यान्डको कलेज अफ एसियन स्कलर, आयोजक उज्वेकिस्तानको पिएफसी नासाफ र साउदी अरबको अल नासरसँग छ ।
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण प्रतियोगिता अगस्ट २५ देखि ३१ तारिखसम्म उज्वेकिस्तानमा हुँदैछ ।

एपिएफले पहिलो खेलमा घरेलु टोली नासाफको सामना गर्नेछ । दोस्रो खेलमा थाइल्यान्डको कलेज अफ एसियन स्कलर खेल्ने एपिएफले अन्तिम खेलमा साउदी अरबको अल नासरसँग खेल्नेछ ।
१९ देशका लिग च्याम्पियन क्लबहरुको सहभागिता रहेको प्रतियोगितामा ५ समूह रहेको छ । हरेक समूहका विजेता एफसी महिला च्याम्पियन्स लिगको फाइनल राउन्डका लागि छनोट हुनेछन् ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]