default_image

4 months ago

August 12, 2025

ग्रासरुट्स फुटबल कार्यक्रमले गति लिने

295 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बाल फुटबलको विकास र बालबालिकाको संरक्षण सुनिश्चित गर्ने उद्देश्यका साथ ग्रासरुट्स कार्यक्रम सुरु गरेको छ।

एन्फाले तेर दे होम्स (टिडिएच) र चाइल्ड नेपालसँग सम्झौता गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा ग्रासरुट्स फुटबल लोगो पनि सार्वजनिक गरिएको थियो।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, टिडिएचका सेफगार्डिङ संयोजक कमल लामा र चाइल्ड नेपालका कार्यकारी निर्देशक मनोज डंगोलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

ग्रासरुट्स कार्यक्रमले देशभरका युवा प्रतिभाहरूलाई पहिचान र अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.