default_image

4 months ago

August 12, 2025

सलहेस ताप्लेजुङ गोल्ड कपको सेमिफाइनलमा

635 views

0 Bookmark

दिपक बोहरा, ताप्लेजुङ 

फिदिम स्पोर्टिङ क्लब पाँचथर लज्जास्पद हार बेहोर्दै तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता २०८२ बाट बाहिरिएको छ।

सलहेस क्लब सिराहासँग आज अन्तिम क्वाटरफाइनलमा ६-०  को पराजय भोग्दै फिदिम प्रतियोगिताबाट बाहिरिएको हो।

सदिया आदमले पाँचौँ मिनेटमा गोल गर्दै सलहेसलाई अग्रता दिलाए। ३५औँ मिनेटमा सुजित बुढाथोकी र ३७औँ मिनेटमा युसुफ मलिकले गोल थपे । चौथो गोल आत्मघाती रह्यो।

६६औँ मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ५-० पुर्‍याए । ८०औँ मिनेटमा मोहित गुरुङले गोल थप्दै फिदिमलाई  निराश बनाए।

सलहेस सेमिफाइनल पुगेको छ। टोलीले साउन २९ गते रेड स्टार झापासँग सेमिफाइनल खेल्नेछ । पोखराको सहारा क्लबलाई १-० ले पराजित गर्दै रेड स्टार अन्तिम चारमा पुगेको थियो। बुधवार पहिलो सेमिफाइनल द यङ ब्रदर्स क्लब इटहरी र चर्च ब्वाइज क्लब ललितपुरबीच हुनेछ ।

आयोजक लाखे जात्रा सञ्चालन समितिले सेमिफाइनलमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने बताएको छ। प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८२ र दोस्रो टोलीले ३ लाख ५० हजार ८२ पुरस्कार रुपैयाँ प्राप्त गर्नेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.