4 months ago
August 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटवल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग छनोट बिहीवार सुरु हुने भएको छ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा सहभागी १४ टोली बीच हुने ४३ खेलबाट ५ टोली महिला लिगको अन्तिम चरणका लागि छनोट हुने बुधवार एन्फा आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको र राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ। समूहका शीर्ष दुई टोली महिला लिगका लागि छनोट हुनेछन्। दुई समूहका तेस्रो हुने टोलीबीचको प्रतिस्पर्धाको विजेता टोली पाँचौं टोलीका रुपमा अन्तिम चरणमा पुग्नेछ।
छनोटमा न्युरोड टिम (एनआरटी), स्टुडेन्ट फुटबल क्लब, सिन्धुपाल्चोक एफसी, आरएस रिसोर्ट एन्ड बीच, राप्ती फुटबल क्लब, एनबिएम पोखरा गर्ल्स एफसी, नेपाल खेलकुद क्लब सहभागी छन् ।
त्यस्तै लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर, झापा एफसी, एफसी रयाले, चर्च ब्वाइज युनाइटेड, छहारी युवा क्लब, बुटवल लुम्बिनी एफसी र संकटा क्लबले पनि छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता सन्चालनमा झन्डै ९० लाख रुपैयाँ खर्च हुने र छनोटका लागि सबै तयारी पूरा भएको एन्फाले जनाएको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]