4 months ago
August 13, 2025
दिपक बोहरा,ताप्लेजुङ
ललितपुरको चर्च ब्वाइज क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सुनसरीको द योङ ब्रदर्श क्लबलाई आज टाइब्रेकर मा ३–१ ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो।
निर्धारित समय खेल १–१ को बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा चर्च ब्वाइजका लागि सुमन श्रेष्ठ, रोशन पहारी र युवराज ढकालले गोल गरे। नवयुग श्रेष्ठको प्रहार भने बाहिरियो।
द योङका निरज खड्का मात्र गोल गर्न सफल भए। विशाल तामाङ र निवाश फुयलका प्रहार गोलकिपर विवश चौधरीले रोके। युगन राईको प्रहार पोस्टमा ठोक्किएर फर्कियो।
त्यसअघि ७७ औँ मिनेटमा आत्मघाती गोलबाट द योङले अग्रता दिएको थियो। तर ५ मिनेट इन्ज्युरी समयमा सुमन श्रेष्ठले बरारी गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए।
लगातारको वर्षामा पनि दर्शकले छाता ओढेर रोमाञ्चक खेलको मजा लिएका थिए। भोलि दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेस युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। फाइनल साउन ३१ गते हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]