default_image

4 months ago

August 14, 2025

पिएसजी सुपर कप च्याम्पियन

858 views

0 Bookmark

एजेन्सी – खेलको अन्तिम समयमा पुनरागमन गरेको पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले टोटनहमलाई टाइब्रेकर ४-३ ले हराउँदै युइएफए सुपर कप जितेको छ

स्पर्स खेलको ८४औँ मिनेटसम्म २-० ले अगाडि थियो। खेल सकिन केही सेकेन्ड मात्र बाँकी हुँदा जित नजिक पुगेको थियो ।

तर पिएसजीका वैकल्पिक खेलाडी गोंकालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा हेडमार्फत बराबरी गोल गर्दै खेललाई पेनाल्टीमा पुर्‍याए।

पेनाल्टीमा पिएसजीका भिटिन्हाले पहिलो प्रहार बाहिर हाने । तर टोटनहमका लागि पहिलो गोल गरेका मिकी भ्यान डे भेनको पेनाल्टी प्रयास पिएसजी गोलरक्षक लुकास शेभालिएरले रोकिदिए।

टोटनहमा माथिस टेलले पनि सट बाहिर हाने । त्यसपछि नुनो मेन्डेसले दबाबको क्षणमा पेनाल्टीमा गोल गर्दै युरोपियन च्याम्पियन पिएसजीलाई जित दिलाए।
टोटनह्यामले तीन महिनाभित्र दोस्रो युरोपियन उपाधि जित्ने मौका गुमायो।

मे महिनामा युरोपा लिग फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएर उपाधि जिताएपछि तत्कालीन प्रशिक्षक एन्ज पोस्टेकोग्लु १६ दिनमै बर्खास्त भएका थिए। त्यसपछि टोटनहम सम्हालेका थोमस फ्राङ्कको पहिलो प्रतिस्पर्धात्मक खेल हो ।

इटालीको उदिनमा भएको खेलको ३९ औं मिनेटमा भ्यान डे भेनको गोलमा टोटनहमले अग्रता लिएको थियो। उनले रोबाउन्डमा गोल गरेका थिए।

गियानलुइजी डोनारुम्मालाई बाहिर राख्दै पहिलो रोजाइमा गोल पोस्ट सम्हालेका शेभालिएरले दोस्रो हाफको सुरुवात मै अर्को गोलको सामना गर्नुपरेको थियो। ४८ औं पेड्रो पोरोको फ्रि-किकपछि क्रिस्टियन रोमेरोको हेड मार्फत गोल गर्दै टोटनहमको अग्रता २-० बनाएका थिए।

जुलाईमा अमेरिकामा भएको क्लब विश्वकपको फाइनलमा चेल्सीसँग पराजित भएको पिएसजी एक साता अघि मात्र प्रशिक्षणमा फर्केको थियो। त्यसका बाबजुद पनि पिएसजीले शानदार पुनरागमन गर्न सफल रहेको थियो।

८५ औं मिनेटमा पिएसजीका ली काङ-इनले २० यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै खेललाई रोमान्चक मोडमा पुर्याएका थिए। त्यसपछि रामोसले इन्ज्युरी समयमा नाटकीय गोल गर्दै खेललाई पेनाल्टीमा पुर्‍याएका थिए र टोली च्याम्पियन बनेको थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.