default_image

4 months ago

August 14, 2025

सलहेस ताप्लेजुङ गोल्ड कपको फाइनलमा

591 views

0 Bookmark

दिपक बोहरा, ताप्लेजुङ

विदेशी खेलाडीसहित मैदान उत्रिएको सिराहाको सलहेस युवा क्लब दोस्रोपटक ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

भानुजन माविको मैदामा आज भएको सेमिफाइनलमा झापाको रेड स्टार फुटबल क्लबलाई २-० हराउँदै सलहेस उपाधि नजिक पुगेको हो । सलहेस साविक उपविजेता टोली हो।

सलहेसको फाइनल यात्रामा दुवै गोल अफ्रिकन खेलाडी युसुफ मलिकले गरे । १३औँ मिनेटमा गोल गरेका युसुफले ४८औँ मिनेटमा अर्को गोल गरे।

व्यक्तिगत दोस्रो गोल गर्दै जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ताको अग्रस्थानमा रहेका युसुफ आज प्लेयर अफ दी म्याच घोषित भयो । उनले ७ हजार रुपैयाँ पाए । पहिलो खेलमा पनि दुई गोल गरेका युसुफ दोस्रो पटक प्लेयर अफ दी म्याच बनेका हुन् ।

सलहेसले ललितपुरको चर्च ब्वाइज युनाइटेड एफसीसँग शनिवार फाइनल खेल्नेछ । प्रतियोगिताको च्याम्पियन टोलीले नगद ७ लाख २ हजार ८२ र दोस्रो टोली ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछ।

लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.