default_image

4 months ago

August 14, 2025

सलहेस ताप्लेजुङ गोल्ड कपको फाइनलमा

588 views

0 Bookmark

दिपक बोहरा, ताप्लेजुङ

विदेशी खेलाडीसहित मैदान उत्रिएको सिराहाको सलहेस युवा क्लब दोस्रोपटक ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

भानुजन माविको मैदामा आज भएको सेमिफाइनलमा झापाको रेड स्टार फुटबल क्लबलाई २-० हराउँदै सलहेस उपाधि नजिक पुगेको हो । सलहेस साविक उपविजेता टोली हो।

सलहेसको फाइनल यात्रामा दुवै गोल अफ्रिकन खेलाडी युसुफ मलिकले गरे । १३औँ मिनेटमा गोल गरेका युसुफले ४८औँ मिनेटमा अर्को गोल गरे।

व्यक्तिगत दोस्रो गोल गर्दै जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ताको अग्रस्थानमा रहेका युसुफ आज प्लेयर अफ दी म्याच घोषित भयो । उनले ७ हजार रुपैयाँ पाए । पहिलो खेलमा पनि दुई गोल गरेका युसुफ दोस्रो पटक प्लेयर अफ दी म्याच बनेका हुन् ।

सलहेसले ललितपुरको चर्च ब्वाइज युनाइटेड एफसीसँग शनिवार फाइनल खेल्नेछ । प्रतियोगिताको च्याम्पियन टोलीले नगद ७ लाख २ हजार ८२ र दोस्रो टोली ३ लाख ५० हजार ८२ रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछ।

लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.