default_image

4 months ago

August 14, 2025

महिला लिग छनोट – छहारी र संकटाको जित

506 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग छनोटको पहिलो दिन बुधवार छहारी क्लब र संकटा क्लब विजयी भएका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारीले एफसी रियललाई ३-० ले हराएको छ । छहारीले पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोल गरे । दोस्रो हाफमा सानिमा माया लोले गोल गरिन् ।

अर्को खेलमा संकटाले नेपाल खेलकुद क्लबलाई १-० ले हरायो । दोस्रो हाफमा यशोदा शाहीले गरेको गोलमा संकटा विजयी भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा सुरु भएको छनोटको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजर्नले उद्घाटन गरे ।

छनोट प्रतियोगितामा १४ टोलीको सहभागिता छ । सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई टोली एन्फा लिग पुग्नेछन्। समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।

शुक्रवार राप्ती एफसी र आरएस रिसोर्ट एन्ड बिचको बिचमा पहिलो खेल हुने छ । दोस्रो खेल बुटवल लुम्बिनी एफसी र लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरका बिचमा खेल हुने छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.