default_image

4 months ago

August 14, 2025

महिला लिग छनोट – छहारी र संकटाको जित

507 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग छनोटको पहिलो दिन बुधवार छहारी क्लब र संकटा क्लब विजयी भएका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारीले एफसी रियललाई ३-० ले हराएको छ । छहारीले पहिलो हाफमा ललिता मण्डल र सुमित्रा सिंह पाख्रिनको गोल गरे । दोस्रो हाफमा सानिमा माया लोले गोल गरिन् ।

अर्को खेलमा संकटाले नेपाल खेलकुद क्लबलाई १-० ले हरायो । दोस्रो हाफमा यशोदा शाहीले गरेको गोलमा संकटा विजयी भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा सुरु भएको छनोटको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजर्नले उद्घाटन गरे ।

छनोट प्रतियोगितामा १४ टोलीको सहभागिता छ । सहभागी मध्यबाट उत्कृष्ट ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई टोली एन्फा लिग पुग्नेछन्। समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् ।

शुक्रवार राप्ती एफसी र आरएस रिसोर्ट एन्ड बिचको बिचमा पहिलो खेल हुने छ । दोस्रो खेल बुटवल लुम्बिनी एफसी र लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरका बिचमा खेल हुने छ ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.