4 months ago
August 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यो वर्ष सहिद स्मारक ए डिभिजन लिग भएको खण्डमा राष्ट्रिय टोलीका कम्तिमा ८ खेलाडीलाई देख्न पाइने छैन।
बिहिवारसम्म ८ खेलाडीले यो सिजन बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने पक्का भएको छ। राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट, मिडफिल्डर एरिक बिष्ट, डिफेन्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरुङ बंगलादेशको ब्रदर्श युनियनमा आबद्ध भएका छन्।
राष्ट्रिय टोलीका लागि सर्वाधिक १३ गोल गर्ने मध्येका एक अन्जन हाल भारतको रियल कश्मीरबाट डुरान्ड कप खेलिरहेका छन् । एरिक,सनिश र योगेश राष्ट्रिय टोलीको प्रशिक्षणमा छन् । नेपालले बंगलादेशसँग भदौ २१ र २४ गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।
चारै जनाले ब्रदर्शमा सम्झौता गरेको र बंगलादेश जाने मिति भने अहिले तय भइनसकेको बताए । ‘अहिले राष्ट्रिय टोलीको प्रशिक्षकमा छौं, उनले भने,’उताबाट खबर आएपछि जान्छौं। जाने मिति तय भइसकेको छैन।’
यसअघि राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले फर्टिस एफसीमा अनुबन्ध भएका थिए । राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र विंगर आयुष घलानलाई बंगलादेश पुलिस क्लब तथा डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएसमा अनुबन्ध भएका थिए।
किरण र आयुष ढाका पुगिसकेका छन्। अनन्तको कप्तानीमा ललितपुर सिटी एफसीले लगातार दुई पटक नेपाल सुपर लिग र चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिग जितेको थियो। अनन्तले केही दिनपछि बंगलादेश जाने बताएका छन्।
एरिकले बुटवल लुम्बिनी एफसी तथा सनिश र योगेशले च्याम्पियन ललितपुर सिटीबाट नेपाल सुपर लिग खेलेका थिए।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]