default_image

4 months ago

August 15, 2025

राष्ट्रिय टोलीका ४ खेलाडी बंगलादेशको ब्रदर्श युनियनमा आबद्ध

719 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- यो वर्ष सहिद स्मारक ए डिभिजन लिग भएको खण्डमा राष्ट्रिय टोलीका कम्तिमा ८ खेलाडीलाई देख्न पाइने छैन।

बिहिवारसम्म ८ खेलाडीले यो सिजन बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने पक्का भएको छ। राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्ट, मिडफिल्डर एरिक बिष्ट, डिफेन्डरद्वय सनिश श्रेष्ठ र योगेश गुरुङ बंगलादेशको ब्रदर्श युनियनमा आबद्ध भएका छन्।

राष्ट्रिय टोलीका लागि सर्वाधिक १३ गोल गर्ने मध्येका एक अन्जन हाल भारतको रियल कश्मीरबाट डुरान्ड कप खेलिरहेका छन् । एरिक,सनिश र योगेश राष्ट्रिय टोलीको प्रशिक्षणमा छन् । नेपालले बंगलादेशसँग भदौ २१ र २४ गते अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ।

चारै जनाले ब्रदर्शमा सम्झौता गरेको र बंगलादेश जाने मिति भने अहिले तय भइनसकेको बताए । ‘अहिले राष्ट्रिय टोलीको प्रशिक्षकमा छौं, उनले भने,’उताबाट खबर आएपछि जान्छौं। जाने मिति तय‌ भइसकेको छैन।’

यसअघि राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले फर्टिस एफसीमा अनुबन्ध भएका थिए । राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ र विंगर आयुष घलानलाई बंगलादेश पुलिस क्लब तथा डिफेन्डर अभिषेक लिम्बू रहमतगञ्ज एमएफएसमा अनुबन्ध भएका थिए।

किरण र आयुष ढाका पुगिसकेका छन्। अनन्तको कप्तानीमा ललितपुर सिटी एफसीले लगातार दुई पटक नेपाल सुपर लिग र चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिग जितेको थियो। अनन्तले केही दिनपछि बंगलादेश जाने बताएका छन्।

एरिकले बुटवल लुम्बिनी एफसी तथा सनिश र योगेशले च्याम्पियन ललितपुर सिटीबाट नेपाल सुपर लिग खेलेका थिए।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.