4 months ago
August 15, 2025
विश्व फुटबलको सबैभन्दा चर्चित फुटबल लिग, इंग्लिस प्रिमियर लिग आजबाट सुरु हुँदैछ । सहभागी सबै टोलीका प्रशिक्षकहरु ट्रान्सफर विन्डोमा खेलाडी किनबेच गर्दै आफ्नो टोलीलाई उच्च विन्दुमा पुर्याउन तल्लिन छन् । प्रशिक्षक, खेलाडी, रेफ्री लगायत लिगमा प्रत्यक्ष सहभागी हुने मात्र होइन, हिजोआज प्रिमियर लिगले आम दर्शकलाई पनि खेल सुरु हुनुअघि तयारीमा व्यस्त बनाउन थालेको छ । फ्यान्टसी प्रिमियर लिगको माध्यमबाट ।
फ्यान्टसी टिम, अर्थात आफ्नो सपनाको टिम । प्रिमियर लिगले सन् २००३ देखि सुरु गरेको फ्यान्टसी प्रिमियर लिगमा प्रयोगकर्ताले आफ्नो रोजाइको टिम बनाउँछन् । प्रिमियर लिगको हरेक खेलमा हुने प्रदर्शनका आधारमा खेलाडीले अंक पाउँछन् । यसरि दर्शकहरुले आफ्नो रोजाइमा रहेका खेलाडीबाट आफ्नो टिमको कुल अंक प्राप्त गर्छन् । पछिल्लो समय प्रिमियर लिग रुचाउने सबैजसो दर्शकको आ-आफ्नो फ्यान्टसी टिम हुन्छ । कतिपयले त एक भन्दा बढी टिम पनि बनाउने गर्छन् ।
प्रयोगकर्ताले सिजनको सुरुवातमा आफ्नो रोजाइको १५ सदस्यीय टिम बनाउँछन् । त्यसपछि ३८ खेलसम्म हरेक खेलका लागि नयाँ सुरुवाती ११ र वैकल्पिक खेलाडी छनोट गर्न पाइन्छ । हरेक साता १५ खेलाडीको टोलीबाट १ खेलाडी निशुल्क परिवर्तन गर्न पाउँछन् । एक भन्दा बढी खेलाडी परिवर्तन गर्दा प्रति खेलाडी ४ अंक जरिवाना तिर्नुपर्छ । तपाईंले हरेक साता आफ्नो ट्रान्सफर जोगाएर ५ ट्रान्सफरसम्म राखेर एकैपटक परीवर्तन पनि गर्न सक्नुहुन्छ ।
कसरी बनाउने टिम ?
प्रिमियर लिगको आधिकारिक फ्यान्टसी खेल्न सुरुवातमा आफ्नो खाता दर्ता गर्नुपर्छ । त्यसपछि प्रिमियर लिगमा सहभागी २० टोलीका खेलाडी मध्यबाट आफ्नो छनोटका १५ खेलाडी छनोट गर्न पाइन्छ । टिम छनोटका लागि १०० मिलियन दिइएको हुन्छ । हरेक खेलाडीको पुरानो प्रदर्शनका आधारमा उनीहरुको मुल्य निर्धारण गरिएको हुन्छ । कुनैपनि टिम बनाउँदा एक क्लबको ३ भन्दा बढी खेलाडी राख्न पाइन्न । हरेक खेलमा कप्तानको अंक भने दुई गुणा हुन्छ ।
कसरी पाइन्छ अंक ?
फ्यान्टसी प्रिमियर लिगमा मैदानमा ६० मिनेटभन्दा कम खेल्ने खेलाडीले १ अंक पाउँछन् । यदि खेलाडीले ६० मिनेटभन्दा बढी समय खेल्छ भने २ अंक प्राप्त गर्छन् । गोल गरेका फरवार्डले ४ अंक पाउँछन् भने मिडफिल्डरले ५ तथा डिफेन्डर र गोलरक्षकले १० अंक प्राप्त गर्छन् । असिस्ट दिएको सबै खेलाडीले समान ३-३ अंक प्राप्त गर्छन् ।
कुनैपनि टोलीले गोल नखाएको अवस्थामा उक्त खेलमा खेल्ने डिफेन्डर र गोलरक्षकले क्लिन सिटको ३ अंक तथा मिडफिल्डरले १ अंक प्राप्त गर्छन् । क्लिन सिटको अंक प्राप्त गर्न खेलाडीले ६० मिनेटभन्दा बढी मैदानमा बिताउनुपर्छ । यदि खेलाडीले ६० मिनेटभन्दा बढी खेलेर मैदान छाड्छ र उनी मैदानमा रहँदा टोलीले गोल खाएको छैन भने क्लिन सिटको अंक पक्का हुन्छ ।
गोलरक्षकले हरेक ३ प्रहार बचाएको थप १ अंक प्राप्त गर्छन् । यसबाहेक पेनाल्टी प्रहार बचाए थप ५ अंक पाउँछन् । पेनाल्टीमा चुक्ने खेलाडीको भने २ अंक घट्छ । पहेंलो कार्डको १ नाक र रातो कार्डको ३ अंक घट्छ । आत्मघाती गोल गर्ने खेलाडीको पनि २ अंक घट्छ । कहिलेकाहीं खेलाडीको अंक नेगेटिभ पनि आउन सक्छ ।
टिमले खाएको हरेक २ गोलमा मैदानमा रहेका डिफेन्डर र गोलरक्षकको १ अंक घट्छ । सँगसँगै खेल अवधिभर राम्रो प्रदर्शन गर्ने तीन शीर्ष खेलाडीले क्रमश ३,२ र १ अंक बोनस प्राप्त गर्नेछन् ।
यसपटक रक्षात्मक रणनीतिमा प्रयोग हुने खेलाडीलाई पनि ध्यानमा राख्दै अंक प्रणालीमा नयाँ प्रावधान ल्याइएको छ । खेलका दौरान १० भन्दा बढी क्लिअरेन्स, ब्लक, इन्टरसेप्सन र ट्याकल गर्ने डिफेन्डरले थप २ अंक प्राप्त गर्नेछन् । त्यस्तै मिडफिल्ड र फरवार्डको हकमा भने १२ क्लिअरेन्स, ब्लक, इन्टरसेप्सन, ट्याकल र रिकभरी गर्दा २ अंक प्राप्त गर्नेछन् ।
चिप्स के हो ?
अघिल्लो सिजनसम्म हरेक प्रयोगकर्ताले सिजनभर तीन फरक चिप प्रयोग गर्न पाउने गर्दथे । यसपटक भने सिजनमा दुई पटक वाइल्डकार्ड, बेन्च बुस्ट, ट्रिपल क्याप्टेन र फ्री हिट २-२ पटक प्रयोग गर्न पाइन्छ । यी सबै सिजनको पहिलो हाफ (गेमविक १९) र दोस्रो हाफका लागि छुट्टयाइएको छ ।
बेन्च बुस्ट प्रयोग गरेको साता टोलीको सुरुवाती ११ सँगै बेन्चमा रहेका सबै खेलाडीको अंक गणना हुन्छ । ट्रिपल क्याप्टेन प्रयोग गर्दा त्यस साता आफ्नो कप्तानले जोडेको अंक तीन गुणा हुन्छ ।
त्यस्तै फ्रि-हिट प्रयोग गरेको साता, एक साताका लागि आफ्नो टोलीमा जति पनि परिवर्तन गर्न पाइन्छ । प्रयोग गरेको अर्को साता टिम अघिल्लो साताकै अवस्थामा हुन्छ । यसको प्रयोग विशेषगरी कुनै साता कम खेल हुँदा प्रयोग गर्न सकिन्छ ।
ट्रान्सफरमा यसबाहेक सिजनमा दुई पटक वाइल्डकार्ड प्रयोग गर्न पाइन्छ । वाइल्डकार्डको प्रयोग गर्दा टोलीका सबै खेलाडी परिवर्तन गर्दापनि जरिवाना लाग्दैन । यो परिवर्तन भने स्थायी रुपमा नै रहन्छ ।
यसपटक अफ्रिकन कप अफ नेसन्सलाई मध्यनजर गर्दै थप ५ ट्रान्सफर प्रदान गरिने भएको छ । गेमविक १५ समापन भएपछि सबै टिमलाई थप ५-५ फ्री ट्रान्सफर प्रदान गरिनेछ ।
रोमान्च थप्दै लिग र कप प्रतियोगिता
फ्यान्टसीमा सहभागी प्रयोगकर्ताले लिग र कप प्रतियोगितामा जोडिएर थप रोमान्च लिंदै आएका छन् । आफैं पनि बनाउन सकिने यस्ता लिगमा आफ्नो वरपर रहेका साथीहरु एकै लिगमा जम्मा भएर प्रतिस्पर्धा गर्न सकिन्छ ।
हाम्रो खेलकुदले यसपटक खल्तीसँग सहकार्य गर्दै विजेतालाई २ लाख रुपैयाँ पुरस्कार राखेर लिग संचालन गरेको छ । यस्तै हरेक साता विजेतालाई भाइब्स एअरबड्स र सिनेमाको टिकट पनि प्रदान गरिनेछ ।
दर्ता गर्ने प्रक्रिया :
खल्ती एप खोलेर 👉 ‘Featured Services’ मा जानुहोस् >> ‘Fantasy Premier League’ मा ट्याप गर्नुहोस् >> आफ्नो टिम र नाम दिनुहोस् >> दर्ता गर्नुहोस् अनि तपाईंले फ्यान्टेसी प्रिमियर लिगमा सामेल हुन कोड पाउनुहुनेछ
१० रुपैयाँमा दर्ता गरेर र १००% तत्काल क्यासब्याक पाउनुहोस्
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]