4 months ago
August 16, 2025
एजेन्सी – लिभरपुलले आफ्नो प्रिमियर लिग उपाधि रक्षा अभियान जितबाट सुरु गरेको छ।
बराबरीतर्फ उन्मुख शुक्रवारको खेल अन्त्यमा लिभरपुलले बोर्नमाउथलाई ४-२ ले हराएको थियो।
जुलाइमा कार दुर्घटनामा ज्यान गुमाएका डिजगो जोटा र उनका दाइ आन्द्रे सिल्भाको सम्झनामा खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिएको थियो ।
२०औँ मिनेटमा ताली बजाएर उनीहरुलाई श्रद्धाञ्जलि अर्पण गरिएको थियो । जोटाले लिभरपुलमा ‘२०’ नम्बरको जर्सी लगाउने गर्थे।
लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लटले आफ्ना ४ नयाँ खेलाडीलाई पहिलो पटक प्रिमियर लिगमा सुरुवाती टोलीमा मौका दिए। ७० मिलियन पाउण्डमा आइनट्राख्ट फ्र्याङ्कफर्टबाट भित्र्याइएका हुगो एकीटिकेले ३७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
पहिलो हाफमा बोर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्योले दर्धकको भीडबाट कसैले आफूलाई जातीय रुपमा दुर्व्यवहार गरेको भन्दै रेफ्री एन्टोनी टेलरसँग उजुरी गरेपछि खेल केहीबेर रोकिएको थियो।
दोस्रो हाफ सुरु भएको ४ मिनेटमै एकीटिकेको पासमा कोडी गाक्पोले गोल गरेपछि लिभरपुल सहज जिततर्फ अघि बढिरहेको जस्तो देखिन्थ्यो ।
बोर्नमाउथका उनै सेमेन्योले ८ मिनेटमा २ गोल गरेपछि खेलले रोमान्चक मोड लियो। उनले ६४ औँ मिनेटमा नजिकैबाट गोल गरी बोर्नमाउथलाई खेलमा फर्काए। ७६ औं मिनेटमा सेमरन्योले बराबरी गोल गर्दै लिभरपुललाई दबाबमा पारे।
बराबरीमा सकिने देखिएको खेलको दुई मिनेट बाँकी रहँदा अपेक्षित नभएको नाम फेडेरिको किएसाले लिभरपुलका लागि आफ्नो पहिलो प्रिमियर लिग गोल गर्दै टोलीलाई फेरि अघि बढाए। इन्ज्युरी समयको चौथो मिनेटमा मोहम्मद सलाहले गोल गर्दै टोलीको जित पक्का गरे।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]