default_image

4 months ago

August 16, 2025

फुटबल एकेडेमी सञ्चालन गर्दै मकवानपुरको बागमती गाउँपालिका

714 views

0 Bookmark

रविन्द्र वाईबा, बागमती
मकवानपुरको बागमती गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालनको तयारी थालेको छ। राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आइरहेको बागमतीले अब व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्ने गरि एकेडेमी सञ्चालनको तयारी सुरु गरेको हो।

पालिकाले `बागमती एकेडेमी´ सञ्चालनका खेलाडी छनोट कार्य सुरु गर्ने भएको गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए। प्रारम्भिक चरणमा १० देखि १४ वर्ष उमेरसमूहका खेलाडीहरु छनोट गरिने भएको छ।

गाउँपालिकाले एकेडेमी सञ्चालनको लागि एकेडेमी भवनसमेत तयार पारेको छ। महिला र पुरुष दुवैतर्फका एकेडेमी भवनमा अन्तिम चरणको कार्य बाँकी रहेको अध्यक्ष घलानले बताए ।

भवन १ सय ५० जना क्षमता रहेको छ। पालिकाले विगतदेखी नै खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता राख्दै आइरहेको र अब व्यवसायिक रुपमा खेलाडी तयार पार्ने पालिकाको लक्ष्य रहेको अध्यक्ष घलानको दाबी छ।

बिहिवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले जारी गरेको सूचनामा गाउँपालिकाले पुरुष तथा महिला दुवै उमेर समूहका खेलाडीहरूको छनोट कार्यक्रम मिति, समय र स्थान तोकी प्रत्येक वडा कार्यालय, विद्यालय र सरोकारवालामार्फत जानकारी गराएको जनाएको छ।

खेलाडी छनोट कार्यक्रम भदौ १ गतेदेखि भदौ ६ गतेसम्म गाउँपालिकाका विभिन्न खेलमैदानमा हुनेछन्। भदौ १ गते ४ नम्बरस्थित सहिद स्मृति खेल मैदानमा, २ गते वडा नम्बर ६ स्थित जनता मावि खेलमैदानमा, ३ गते वडा नम्बर ८ स्थित खेलमैदान, ४ गते वडा नम्बर ७ स्थित लामिटार खेलमैदानमा हुनेछ ।

त्यस्तै ५ गते वडा नम्बर ३ स्थित सहिद स्मृति खेलमैदान, ५ गते वडा नम्बर १ स्थित रामपुर खेलमैदान मा र ६ गते वडा नम्बर २ स्थित राईगाउँ खेलमैदानमा खेलाडी छनोट हुनेछ।

गाउँपालिकाले छनोटमा भाग लिन इच्छुक खेलाडीलाई फुटबल जुत्ता, ट्र्याक, हाफ प्यान्ट, टिसर्ट र अनिवार्य रुपमा ल्याउन पनि अनुरोध गरेको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.