default_image

4 months ago

August 16, 2025

सलहेशलाई ताप्लेजुङ गोल्डकप उपाधि

786 views

0 Bookmark

ताप्लेजुङ (हाम्रो खेलकुद) – सिराहाको सलहेश युवा क्लब तेस्रो ताप्लेजुङ गोल्डकपको च्याम्पियन बनेको छ ।

सलहेशले शनिबार भानुजन माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लबलाई २-० ले पराजित गर्यो । जितसँगै सलहेशले नगद ७ लाख २ हजार ८२ प्राप्त गर्दा चर्च ब्वाइजले ३ लाख ५० हजार ८२ रुपैयाँमा चित्त बुझाएको छ । अघिल्लो संस्करणमा सलहेश फाइनलमा पराजित भएको थियो ।

सलहेशको जितका लागि सुनिल खड्का र युसुफ मलिकले गोल गरे । दोस्रो हाफमा सुनिलले सुरुवाती गोल गरेका थिए भने खेलको अन्तिम समयमा युसुफले गोल गरेर जित निश्चित गरे । फाइनल खेलको प्लेयर अफ दी म्याच सलहेशका सुनिल खड्का भए । उनले नगद ७ हजार पाए ।

आयोजक टोली तेल्लोक स्पोर्टिङ क्लबका गोलरक्षक सुहाङ लिम्बू उदीयमान खेलाडी चुनिए । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी सहलेशका छिरिङ गुरूङ भए । उनले एक थान मोटरसाइकल पाए । सलहेशकै युसुफ मलिक सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक रेम्बो चौधरी, उत्कृष्ट प्रशिक्षक राजिव यादव भए । यस्तै, चर्च ब्वाइजका आकाश राई उत्कृष्ट फरवार्ड, उत्कृष्ट रक्षक आविष्कार खड्का र युवराज ढकाल उत्कृष्ट मिडफिल्डर भए । विधागत पुरस्कार विजेताले जनही १५ हजार र ट्रफी पाए ।

बलाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरेको उक्त प्रतियोगितामा आठ टोली सहभागी थिए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.