default_image

4 months ago

August 16, 2025

टोटनहमको विजयी सुरुवात

430 views

0 Bookmark

एजेन्सी – टोटनहम हट्सपरले नयाँ प्रशिक्षक थॉमस फ्र्याङ्कको नेतृत्वमा प्रिमियर लिगको पहिलो खेलमा शानदार नतिजा निकालेको छ।

शनिवार भएको खेलमा टोटनहमले बर्न्लीलाई ३-० गोलले पराजित गर्‍यो। खेलको १० औँ मिनेटमै मो कुडुसले दिएको पासमा रिचार्लिसनले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। कुडुसको यो प्रिमियर लिग डेब्यू खेल थियो र उनले सुरुवातमै राम्रो प्रभाव पारे।

६० औँ मिनेटमा रिचार्लिसनले नै साइकल किकमार्फत अर्को सुन्दर गोल गरे। फेरि कुडुसकै पासबाट उनले गोल गरेका थिए। ६६ औँ मिनेटमा पापे सार्रले ब्रेनन जोन्सनलाई पास दिए र उनले गोल गर्दै टिमको जित निश्चित गरे।

यो जितसँगै टोटनह्यामले नयाँ प्रशिक्षकको समय शानदार ढंगले सुरु गरेको छ। रिचार्लिसनले २ गोल गरे भने कुडुसले दुई असिस्ट दिएर सबैको ध्यान ताने।

अर्को खेलमा सन्डरल्यान्डले वेस्ट ज्यानलाई ३-० ले हरायो। ब्राइटन र फुलहलले १-१ तथा एस्टन भिल्ला र न्युक्यासलले गोलरहित बराबरी खेलेका छन् ।
प्रिमियर लिगको यो सिजनको पहिलो खेलमा शुक्रवार लिभरपुलले बोर्नमाउथलाई ४-२ ले हराएको थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.