default_image

4 months ago

August 17, 2025

म्यानचेस्टर सिटीको सानदार सुरुवात

267 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले सानदार जितका साथ प्रिमियर लिगको सुरुवात गरेको छ।

टिज्जानी रेजन्डर्स र रायान चर्चीले प्रिमियर लिगमा आफ्नो पहिलो खेलमै गोल गर्दा सिटीले वुल्भ्सलाई ४-० ले‌‌ हरायो । टोलीका लागि‌ एर्लिङ हालान्डले २ गोल गरे।

प्रिमियर लिगको पहिलो हप्तामा गोल गर्ने आफ्नो परम्परा कायम राख्दै हालान्डले ३४ औँ मिनेटमा ट्याप–इन गोल गरे ।

३७ औं मिनेटमा रेजन्डर्सले पेप ग्वार्डिओलाको टोलीका लागि आफ्नो पहिलो गोल गरे। हालान्डले ६१ औं मिनेटमा दोस्रो गोल गरे। रेजन्डर्सको पासमा उनले गोल गरेका हुन् ।

परिवर्तित चर्चीले ८१ औं मिनेटमा गोल गरेपछि सिटीले फराकिलो जित निकाल्यो । खेल सुरु हुनु अघि वुल्भ्सले आफ्ना पूर्व स्ट्राइकर डियोगो जोटालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको थियो।

शनिवार अन्य खेलला टोटनहमले बर्न्लीलाई र सन्डरल्यान्डले वेस्ट ह्यामलाई समान ३-० ले हरायो। ब्राइटन र फुलहलले १-१ तथा एस्टन भिल्ला र न्युक्यासलले गोलरहित बराबरी खेलेका छन् ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.