4 months ago
August 17, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सानदार जितका साथ प्रिमियर लिगको सुरुवात गरेको छ।
टिज्जानी रेजन्डर्स र रायान चर्चीले प्रिमियर लिगमा आफ्नो पहिलो खेलमै गोल गर्दा सिटीले वुल्भ्सलाई ४-० ले हरायो । टोलीका लागि एर्लिङ हालान्डले २ गोल गरे।
प्रिमियर लिगको पहिलो हप्तामा गोल गर्ने आफ्नो परम्परा कायम राख्दै हालान्डले ३४ औँ मिनेटमा ट्याप–इन गोल गरे ।
३७ औं मिनेटमा रेजन्डर्सले पेप ग्वार्डिओलाको टोलीका लागि आफ्नो पहिलो गोल गरे। हालान्डले ६१ औं मिनेटमा दोस्रो गोल गरे। रेजन्डर्सको पासमा उनले गोल गरेका हुन् ।
परिवर्तित चर्चीले ८१ औं मिनेटमा गोल गरेपछि सिटीले फराकिलो जित निकाल्यो । खेल सुरु हुनु अघि वुल्भ्सले आफ्ना पूर्व स्ट्राइकर डियोगो जोटालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको थियो।
शनिवार अन्य खेलला टोटनहमले बर्न्लीलाई र सन्डरल्यान्डले वेस्ट ह्यामलाई समान ३-० ले हरायो। ब्राइटन र फुलहलले १-१ तथा एस्टन भिल्ला र न्युक्यासलले गोलरहित बराबरी खेलेका छन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]