4 months ago
August 17, 2025
एजेन्सी – बार्सिलोनाले ला लिगाको नयाँ सिजनको सुरुवात सहज जितबाट गरेको छ।
बार्सिलोनाले शनिवार राति मालोर्काको मैदानमा भएको खेलमा घरेलु टोलीलाई ३-० ले पाखा लगायो। खेलमा मालोर्काका २ खेलाडी पहिलो हाफमै रातो कार्ड पाएपछि बार्सिलोनाको जित सहज बनाइदियो।
खेल सुरु भएको सातौँ मिनेटमै लामिन यामालको क्रसमा राफिन्हाले नजिकैबाट हेड बाट पहिलो गोल गरे । पछिल्लो सिजन उत्कृष्ट फर्ममा रहेका यी दुई युवा खेलाडीले यस सिजनमा पनि सानदार सुरुवात गरेका छन्।
खेलको २३ औँ मिनेटमा फेर्रान टोरेसले पेनाल्टी क्षेत्रको बाहिरबाट शक्तिशाली प्रहारमा गोल गर्दै २-० को अग्रता बनाए। तर त्यसबेला मालोर्काको एक खेलाडी बलले टाउकोमा लागेर मैदानमा ढलेका कारण केही खेलाडीले खेल्न छोडेका थिए । त्यो कारण मालोर्काले गोलको बिरोध गरे।
३३ औं मिनेटमा मालोर्काका मानु मोरल्यानेसले यामाललाई फाउल गरेपछि दोस्रो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिए। उनले पहिलो पहेंलो कार्ड फेर्रानको गोलमा आपत्ति जनाउँदा पाएका थिए।
३९ औँ मिनेटमा स्ट्राइकर भेडात मुरिकीले बलमा उफ्रिदा बार्सिलोनाका गोलकिपर जोआन गार्सियालाई लातले जाने।
सुरुमा पहेंलो कार्ड देखाइए पनि भिएआर समीक्षा गरी रेफ्रीले उनलाई रातो कार्ड देखाए। यसपछि मालोर्का ९ खेलाडीमा सीमित भयो। इन्ज्युरी समयमा यामालले गोल गर्दै ३–० को जित सुनिश्चित गरे।
बार्सिलोनाले स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीबिना खेलेको थियो । उनी चोटका कारण टिमबाहिर थिए। नयाँ अनुबन्ध मार्कस रासफोर्ड ६९ औँ मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानमा उत्रिए।
गोलकिपर गार्सिया यो सिजन एस्पान्योलबाट बार्सिलोना भित्रिएका हुन् । उनले आफ्नो पहिलो खेलमा खासै चुनौती सामना गर्न परेन। नियमित गोलकिपर मार्क-आन्द्रे टेर्स्टेगन चोटका कारण उपचार गराइरहेकाले गार्सिया पहिलो रोजाइमा रहे।
अन्य खेलमा रायो भालेसानोले जिरानोलाई ३-१ ले, भिल्लारियलले ओभिडोलाई २-० ले, अलाभेसले लेभान्तेलाई २-१ ले हरायो। भ्यालेन्सिया र रियल सोसिडाडबीचको खेल १-१ को बराबरीमा टुंगिएको छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]