4 months ago
August 17, 2025
एजेन्सी – नयाँ खेलाडी लुइस डियाज र हेरी केनको गोलमा बायर्न म्युनिखले स्टुटगार्टलाई २-१ ले पराजित गर्दै जर्मन सुपर कप उपाधि जितेको छ।
क्लबमा आफ्नो पहिलो खेल खेलिरहेका डियाजले उत्कृष्ट प्रदर्शन गरे। डियाजले लिभरपुलबाट ६५.५ मिलियन पाउण्डमा बायर्नमा ४ वर्षका लागि अनुबन्ध भएका थिए। उनले ७७ औँ मिनेटमा सर्ज नाब्रीको क्रसमा हेड गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए।
गोलपछि डियाजले आफ्नो पूर्व लिभरपुल सहकर्मी डियोगो जोटालाई श्रद्धाञ्जली अर्पण गर्दै जोटाको गोल सेलिब्रेसन शैली अनुकरण गरे। जोटा र उनका दाजु आन्द्रे सिल्भाको गत जुलाईमा कार दुर्घटनामा मृत्यु भएको थियो।
त्यसअघि १८ औं मिनेटमा इंग्ल्यान्डका कप्तान केनले प्रतिपक्षको खराब क्लियरन्सको फाइदा उठाउँदै गोल गरेका थिए।

इन्ज्युरी समयमा स्टुटगार्टका जेमी लेवेलिङले एक गोल फर्काए । बायर्नले सिजनको पहिलो उपाधि जित्यो ।
बायर्नले जर्मन सुपर कप ११ औँ पटक जितेको कीर्तिमान बनाएको छ। केनका लागि यो दोस्रो जर्मन उपाधि हो
अब बायर्नले २२ अगस्टमा आरबी लाइपजिगविरुद्ध बुन्डेसलिगा उपाधि रक्षा गर्ने यात्राको सुरुवात गर्नेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]