4 months ago
August 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु-१७ महिला च्याम्पियनसिपमा भाग लिन जाने नेपाली टोलीको आज बिदाइ गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीले नेपाली युवा टोलीको बिदाइ गरे। प्रतियोगिता अगस्ट २० देखि ३१ (भदौ ४ देखि १५ गते) सम्म भुटानमा हुनेछ।
प्रतियोगितामा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भुटान, बंगलादेश र भारतले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन्।
डबल राउन्ड रोबिन लिग प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग दुई खेल खेल्नेछन्। अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ।
नेपालले २० अगस्टमा दाबेदार भारतसँग पहिलो खेल खेल्नेछ। अगस्ट २२ मा आयोजक भुटान र अगस्ट २४ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]