default_image

4 months ago

August 17, 2025

बागमती फुटबल एकेडेमीका लागि खेलाडी छनोट सुरु

333 views

0 Bookmark

रविन्द्र वाईबा, बागमती

मकवानपुरको बागमती गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालनको लागि खेलाडी छनोट आइतवार सुरु गरेको छ।

वडा नं ४ स्थित सहिद स्मृति रंगशालामा छनोटको पहिलो दिन वडा नं ४ र ५ खेलाडी सहभागी भएका थिए।‌ भदौ ८ गतेसम्ममा सबै वडाको खेलाडी छनोट गरिने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए।

सबै वडामा छनोट पश्चात् अन्तिम चरण छनोट गरेर एकेडेमीमा राखेर व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्ने उनले बताए।

यस्तै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य टिकाराम लामाले सरकार र एन्फाबीचको सहकार्य स्थानीय तहबाट भएकोमा खुसी व्यक्त गरे। उनलाई एकेडेमी सञ्चालनका लागि एन्फासँग सहकार्य गर्ने बताए।

प्रशिक्षक मेघराज केसीको नेतृत्वमा रहेको टोलीले खेलाडी छनोट सुरु गरेको हो । राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आइरहेको बागमतीले अब व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्ने गरि एकेडेमी सञ्चालनको तयारी थालेको हो।

छनोट भएका खेलाडीलाई बागमती-८ स्थित एकेडेमी भवन राखेर प्रशिक्षण गराउने गाउँपालिकाले तयारी गरेको छ।

खेलाडी छनोट कार्यक्रममा एन्फा केन्द्रीय सदस्य लामा, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, सदस्य आलोक स्याङ्तन, बागमती-४ का वडाध्यक्ष दन्तलाल माझी, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर थिङ, उपाध्यक्ष मुक्ति लामा र बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओन बहादुर दर्जी लगायतको उपस्थिति थियो।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.