4 months ago
August 17, 2025
रविन्द्र वाईबा, बागमती
मकवानपुरको बागमती गाउँपालिकाले फुटबल एकेडेमी सञ्चालनको लागि खेलाडी छनोट आइतवार सुरु गरेको छ।
वडा नं ४ स्थित सहिद स्मृति रंगशालामा छनोटको पहिलो दिन वडा नं ४ र ५ खेलाडी सहभागी भएका थिए। भदौ ८ गतेसम्ममा सबै वडाको खेलाडी छनोट गरिने बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताए।
सबै वडामा छनोट पश्चात् अन्तिम चरण छनोट गरेर एकेडेमीमा राखेर व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्ने उनले बताए।
यस्तै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रीय सदस्य टिकाराम लामाले सरकार र एन्फाबीचको सहकार्य स्थानीय तहबाट भएकोमा खुसी व्यक्त गरे। उनलाई एकेडेमी सञ्चालनका लागि एन्फासँग सहकार्य गर्ने बताए।

प्रशिक्षक मेघराज केसीको नेतृत्वमा रहेको टोलीले खेलाडी छनोट सुरु गरेको हो । राष्ट्रियस्तरको गोल्डकप आयोजना गर्दै आइरहेको बागमतीले अब व्यवसायिक रुपमा खेलाडी उत्पादन गर्ने गरि एकेडेमी सञ्चालनको तयारी थालेको हो।
छनोट भएका खेलाडीलाई बागमती-८ स्थित एकेडेमी भवन राखेर प्रशिक्षण गराउने गाउँपालिकाले तयारी गरेको छ।
खेलाडी छनोट कार्यक्रममा एन्फा केन्द्रीय सदस्य लामा, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, मकवानपुरका वरिष्ठ उपाध्यक्ष अरुण बल, सदस्य आलोक स्याङ्तन, बागमती-४ का वडाध्यक्ष दन्तलाल माझी, बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर थिङ, उपाध्यक्ष मुक्ति लामा र बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओन बहादुर दर्जी लगायतको उपस्थिति थियो।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]