default_image

4 months ago

August 18, 2025

आर्सनलसँग म्यानचेस्टर युनाइटेडको हार

191 views

0 Bookmark

एजेन्सी – आर्सनलले प्रिमियर लिगमा आइतवार म्यान्चेस्टर युनाइटेडलाई १-० ले हराएको छ ।

ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफियोरीको हेड गोल नै खेलको निर्णायक बन्यो। कर्नरबाट गरेको उत्कृष्ट प्रदर्शन आर्सनलले नयाँ सिजनको पहिलो कर्नरमै गोल गरेर जित निकालेको हो।

खेलको १३ औं मिनेटमा कालाफियोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । युनाइटेडका गोलकिपर आलताय बायिन्दिरको त्रुटिपूर्ण बचाउ पनि त्यसमा कारण बन्यो।

खेलभर आर्सनल धेरै आक्रामक देखिएको थिएन। युनाइटेडका नयाँ खेलाडी माथेउस कुन्हा र ब्रायन म्बेउमाले आर्सनलमाथि निरन्तर दबाब बनाए।

तर, दुबैको प्रयास आर्सनलका गोलकिपर डेविड रायाले उत्कृष्ट बचाउ गर्दै रोकिदिए। यसरी आर्सनलले ३ महत्वपूर्ण अंक जोड्यो ।

आइतवारका अन्य खेलमा नटिङघम फरेस्टले बेनफोर्टलाई ३-१ ले हरायो । चेल्सी र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.