4 months ago
August 19, 2025
एजेन्सी – ब्राजिलियन सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा भास्को दा गामासँग ६-० को लज्जास्पद हार बेहोरेको छ। यो नेयमारको करियरकै सबैभन्दा ठूलो हार हो। हारपछि उनी रुँदै मैदानबाट बाहिरिए।
यो सिरि ‘ए’ मा सान्तोसले घरेलु मैदानमा पहिलो पटक ६ गोल खाएको खेल हो। क्लबका मुख्य प्रशिक्षक क्लेबेर जेभियरलाई खेल सकिएको केही घण्टामै बर्खास्त गरिएको छ।
भास्कोका तर्फबाट पूर्व लिभरपुल र एस्टन भिल्ला पूर्व खेलाडी फिलिपे कौटिन्होले २ गोल गरे। यो भास्कोले १७ वर्षपछि लिगमा गरेको सबैभन्दा ठूलो जित हो।
हारपछि नेयमारले प्रतिक्रिया दिँदै भने, ‘मलाई लाजको छ । समर्थकहरूले गाली गरे पनि ठीकै छ, उनीहरू निराश हुने नै भए। हाम्रो खेल एक शब्दमा भन्छु — ‘डरलाग्दो’ थियो। जीवनमा मैले आजको जस्तो कहिल्यै अनुभव गरेको थिइनँ।’
नेयमार सन् २०१७ मा कीर्तिमानी रकममा बार्सिलोना पुगेका थिए । त्यसपछि पेरिस सेन्ट-जर्मेनमा आबद्ध भएका उनी गत जनवरीमा आफ्नो बाल्यकालको क्लब सान्तोस फर्किएका हुन्। उनले क्लबका लागि २१ खेलमा ६ गोल र ३ असिस्ट गरेका छन्।
सान्तोस अहिले रेलिगेसन क्षेत्रभन्दा मात्र २ अंकले माथि छ। क्लबले यो सिजन १५ खेलमध्ये ५ मात्र जितेको छ। भास्को पनि रेलिगेसन क्षेत्रबाट भर्खरै माथि उक्लिएको छ।
सान्तोसले गत वर्ष मात्र सिरि बी बाट सिरि ‘ए’ मा पुनः उक्लिएको थियो। क्लबको अर्को खेल आइतवार चौथो स्थानमा रहेको बाहियासँग हुने छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]