4 months ago
August 19, 2025
एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भेनेजुएला र इक्वेडरविरुद्धको अन्तिम विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा फर्किएका छन्।
इन्टर मियामीमा खेल्दा चोट लागेपछि मेस्सी केही समय मैदान बाहिर थिए। अहिले उनी पुनः फिट छन् र एलए ग्यालेक्सीमाथि ३-१ को जितमा गोल र असिस्ट गर्दै शानदार पुनरागमन गरेका छन्।
अर्जेन्टिना २०२६ विश्व कपको लागि पहिले नै छनोट भइसकेको छ। अन्तिम दुई खेल राम्रो शैलीमा समाप्त गर्ने लक्ष्यसहित प्रशिक्षक लियोनल स्कालोनीले ३१ खेलाडीको बलियो समूह घोषणा गरेका छन्।
टोलीमा ३ युवा खेलाडी फ्रान्को मास्तान्तुओनो (रियल म्याड्रिड),
क्लाउडियो एचेभेरी (म्यानचेस्टर सिटी),निको पास (कोमो ) पहिलो पटक टोलीमा समेटिएका छन्।
रातो कार्डका कारण प्रतिबन्ध रहेका एन्जो फर्नान्डेज (चेल्सी) र म्यानचेस्टर युनाइटेडको मुख्य टोलीबाट टाढा प्रशिक्षण गरिरहेका एवम् चेल्सीसँग ट्रान्सफर चर्चा चलिरहेका अलेहान्द्रो गार्नाचो टोलीमा छैनन्।
जुनमा मेस्सीले सीमित समय मात्र खेलेका थिए। तर अहिले उनी फेरि टोलीको अग्रभागमा नेतृत्व गर्न तयार छन्। अर्जेन्टिना अनुभवी र युवा खेलाडीको मिश्रणसहित विश्व कप छनोटको यात्रा सुखद रुपमा टुंग्याउन चाहन्छ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]